मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

पोखरा, साउन २७
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकून् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो ।

मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए । बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम)का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उनले बताए ।

यार्तुङ महोत्सवसहित पर्यटकीयस्थलको प्रवर्द्धन :- यसैगरी पर्यटन बोर्डले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रानीपौवामा हुने ऐतिहासिक यार्तुङ महोत्सवसहित त्यहाँका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने भएको छ । यही सोमबारदेखि रानीपौवामा हुने यार्तुङ महोत्सव एवं घरपझोङ गाउँपालिकामा पर्ने ढुम्बाताल, ऐतिहासिक ठिनीगाउँ र त्यहाँ सञ्चालित घरवासलगायतको प्रवर्द्धन गर्न लागिएको प्रबन्धक थपलियाले जानकारी दिए ।

उनका अनुसार बोर्डका प्रतिनिधिसहित विभिन्न सञ्चारकर्मीको टोलीले महोत्सव एवं त्यहाँस्थित पर्यटकीयस्थलको आइतबारदेखि स्थलगत अवलोकन गर्नेछ । त्यस क्रममा ऐतिहासिक ठिनी र ढुम्बातालको समग्र पर्यटकीय विकासका लागि घरपजोङ गाउँपालिकाका प्रमुख एवं पदाधिकारी र सरोकारवालाबीच छलफल गरिनेछ । प्रवर्द्धनात्मक भ्रमणकै क्रममा ठिनी हुँदै तिलिचो जाने पदमार्गको विद्यमान अवस्था एवं सुधारका आवश्यकता सम्बन्धमा पनि जानकारी लिइने उनले जानकारी दिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com