भूकम्पपछिको जिरी उपत्यका पर्यटकको रोजाइमा

सुवास बस्नेत
दोलखा, साउन २७
दोलखाको पश्चिमी क्षेत्रमा रहेको नेपालको ‘स्विट्जरल्याण्ड नामले परिचित जिरी उपत्यका सांस्कृतिक, शैक्षिक र भौतिक संरचनाको पुनर्निर्माण भएसँगै पर्यटकको रोजाइ हुनथालेको छ । पर्यटक तान्नको लागि जिरी नगरपालिकाले प्राकृतिक सम्पदालाई व्यवस्थित बनाउँदै पूर्वाधार निर्माण गर्ने नीति स्थानीय सरकारले लिएपछि थप पर्यटनको सम्भावना जिरीले बोकेको हो । स्थानीय सरकार बनेपछि जिरी नगरपालिकामा पार्क, ताल, सडकजस्ता पर्यटक आकर्षण गर्न धमाधम पूर्वाधार निर्माण गरिएको छ ।

सुन्दर र चिसो हावापानीमा घुम्न आउने पर्यटकका लागि लक्षित गरेर हाइकिङ र ट्रेकिङ रुट निर्माणका लागि पूर्वाधारहरु बनिरहेको नगर प्रमुख टंक जिरेलले जानकारी दिए । नगरले जिरी उपत्यकामा डेढ किलोमिटरको ताल निर्माण गर्दैछ । पर्यटक तान्न जिरी नगरपालिकाले चारवटा खोलालाई बारेर डेढ किलोमिटरको ताल निर्माण गर्न लागेको हो । यस्तै जिरी घुम्न आउने पर्यटकलाई केही दिन यहीँको सुन्दर वातावरणमा घुलमिल गराउन नगरपालिकाले छवटा आकर्षक पार्क निर्माण गरिरहेको छ ।

नगर प्रमुख जिरेलका अनुसार वडा नम्बर १ को श्यामादेखि ७ को खावाडाँडासम्म ६ वटा फरक–फरक किसिमका आकर्षक पार्क निर्माण गरिनेछ । नगरपालिकाका अनुसार वडा नम्बर १ को पुम्पामा ‘स्टोन पार्क’ निर्माण भइरहेको छ । ठूला–ठूला आकर्षक बनावटका ढुंगैढुंगा रहेको यो क्षेत्रलाई व्यवस्थित गरी पर्यटक घुम्नलायक बन्दै छ । यस्तै २ नम्बर वडाको शैलुङ क्षेत्रमा ठूलढुङ्गा पार्क निर्माण भइरहेको छ भने ३ नम्बर वडामा कुथामे पार्क निर्माण हुँदै छ । ४ र ५ नम्बर क्षेत्रको गोकुलेश्वर महादेव जंगल क्षेत्रमा जैविक विविधता पार्कका रुपमा विकास गरिनेछ । वडा नम्बर ६ को बुलडाँडामा शान्ति पदमार्ग तथा बुद्ध पार्क निर्माण भइरहेको छ । वडा नम्बर ७ को खावाडाँडालाई पिकनिक पार्कका रूपमा विकास गरिँदै छ । जिरेश्वरी मन्दिरलाई व्यवस्थित धार्मिक स्थलमा विकास गर्ने नगर प्रमुख जिरेलको भनाइ छ ।

जिरी उपत्यकालाई चिनाउन मुख्य भूमिका खेलेको नेपालकै पुरानो प्राविधिक शिक्षालय जिरी प्राविधिक शिलालय (जेटीएस)र कृषि क्षेत्रमाअन्तर्गतको नेपालकै एकमात्र गाई आनुवंशिक स्रोत केन्द्र जिरीमा रहेकाले पनि विशेषगरी पर्यटन अध्यन अवलोकन भ्रमणमा आउने गरेको स्थानीय केन्द्र ज्योति खड्काले बताए । उनका अनुसार पुरानो साबिकको जिरी गाविसमा अन्य तीनवटा गाविसहरु श्याम, माली, ठूलोपातललाई समेटेर २०७१ सालमा नगरपालिका बनेको जिरीमा अहिले नौवटा वडाहरु रहेका छन्।

पुरानो समयदेखि नै सगरमाथा जाने पर्यटक जिरी बजारबाट पैदल यात्रा सुरु गर्थे । त्यसैले त्यो जिरीलाई सगरमाथाको प्रवेशद्वार भन्न थालियो । पछिल्लो समय सोलुखुम्बुसम्म यातायातको पहुँच पुगिसकेका कारण जिरीले अब आफूलाई विदेशीसँगै स्वदेशी पर्यटकको आकर्षक केन्द्रका रुपमा अब्बल बनाउने नीति राखेको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com