त्रिविका महँगा कोर्समा पनि छात्रवृत्ति

काठमाडौं साउन २७
त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू हुनेभएको छ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसँग भएको वार्तापश्चात् त्रिविले आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्यरुपमा दिँदै आएको निशुल्क छात्रवृत्ति अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजहरुमा पनि लागू हुने निश्चित भएको हो ।

गत साउन १३ गते काफ्ले नेतृत्वको समूहले त्रिवि उपकुलपति डा.तीर्थ खनियालाई ज्ञापन पत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दबाब दिएको थियो । नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले नेविसंघसँग वार्ता गरेको थियो । वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको छ । जसअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइनेछ ।

नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्रिविसँगको सम्झौता ऐतिहासिक भएको बताए । ‘छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नै भइरहेको थिएन । यो सहमतिले सबैतिर निशुल्क छात्रवृत्ति लागू गर्न र महँगा कोर्समा पनि १० प्रतिशत छात्रवृत्ति दिलाउन बाटो खुलेको छ ।’, काफ्लेले भने । उनले सहमति कार्यान्वयन भएमा आर्थिक अभावका कारण महँगो कोर्स पढ्ननसक्ने जेहन्दार विद्यार्थी लाभान्वित हुने बताए । सहमतिमा त्रिविका तर्फबाट वार्ता समिति संयोजक गंगाबहादुर थापा र सदस्यहरुले हस्ताक्षर गरेका छन् । यस्तै नेविसंघका तर्फबाट निमा गिरी, हरि आचार्य, दीपक ओझा, योगेन्द्र रावल, विष्णुहरी खड्का र सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेविसंघ नेता दिपक ओझाले सहमतिका कारण बिबिए, बिएचमए, बिएसडब्लु, एमबिए, बिआइएम, बिबिएमजस्ता तुलनात्मकरुपमा बढी शुल्क लाग्ने कोर्स पढाइ हुने कलेजमा पनि १० प्रतिशत विद्यार्थीले निःशुल्क पढ्न पाउने बताए । ५ बुँदे सहमतिमा त्रिविअन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने, छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निःशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिष्ट्रेसन, लाइब्रेरी, ल्याबलगायतको शीर्षकमा कूल शुल्कको पाँच प्रतिशतभन्दा बढी रकम लिन नपाइने लगायतका विषय समेटिएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com