रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं, साउन २७
रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । सम्झौता पछि रिलायन्स लाईफका ग्राहकले अब आफ्नो मोबाइलमा रहेको खल्ती एपमार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत सहजै बुझाउन सक्नेछन् ।

उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले भनेः “हामीले नेपालमा जीवन बीमा सेवालार्ई पुनःपरिभाषित गर्न खोज्दै छौँ । खल्तीसँग यसप्रकारको सहकार्य गरी बीमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँ । अब रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकहरूले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै बीमा शुल्क तिर्न सक्नुहुन्छ । डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरूको सजिलै अन्लाइन रेकर्ड रहने हुँदा अनियमितता रोक्न पनि मद्दत पुर्याउँछ । डिजिटल भुक्तानी सेवाले ग्राहकहरूलाई सुविधा पु-याउनुका साथै इन्स्योरेन्स उद्योगलाई पनि फाइदा पु-याउने कुरामा हामी विश्वस्त छौँ ।”

त्यस्तै, खल्तीमार्फत जीवन बीमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले भने । हामी रिलायन्स लाइफसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकहरूले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु पर्देन । उहाँहरूले आफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिपसँगै हामीले नगद पैसाविनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।

आज मानिसको हातहातमा मोबाइल छ । डिजिटल भुक्तानी फस्टाउँदो क्रममा छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा मोबाइल सेवाको पहुँच एक सय ३६ प्रतिशतभन्दा धेरै छ र ६४ प्रतिशत जनसंख्याले तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् । यसैगरी ७० लाख नेपालीहरूले मोबाइल बैंकिङ सेवा र करिब नौ लाखले इन्टरनेट बैंकिङ सेवाप्रयोग गर्छन् । यस्तो अवस्थामा खल्ती र रिलायन्स लाइफ इन्स्योरेन्सले सुरुवात गरेको डिजिटल इन्स्योरेन्स भुक्तानी सेवाले धेरै महत्व राख्दछ ।

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापना सन् २०७४ साल मंसिर १ गते भएको हो । स्थापनाकालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल भएको छ । कम्पनीको जारी पुँजी दुुई अर्ब १० करोड र चुक्ता पुँजी एक अर्ब ४७ करोड रहेको छ । रिलायन्स लाइफले हाल ८८ वटा शाखा/उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ र बीमा सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहेको छ ।

त्यस्तै, सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको विल भुक्तानी, इन्टरनेट तथा डीटीएचको विल भुक्तानी, बीमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्नेजस्ता अन्य थुप्रै सेवाहरू लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरूको संख्या आठ लाखभन्दा बढी रहेको छ । ‘खल्ती डिजिटल वालेट’ को मोबाइल एपखल्ती डटकमबाट डाउनलोड गर्न र बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com