बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं, साउन २७
बैंक अफ काठमाण्डू (बिओके) र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । दुुवै संस्थाका प्रमुुखहरूबीच विप्रेषण कारोबारको बिषयमा सम्झौता भएको हो । सम्झौतामा भाटभटेनी ग्रुपअन्र्तगत सञ्चालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनालजंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेले हस्ताक्षर गरेका हुुन् ।

बैंकले आर्थिक वर्ष २०७५—०७६ मा एक अर्ब ९३ करोड ८२ लाख २० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ करोड ११ लाख ८८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब छ करोड ३१ लाख एक हजार रूपैयाँ रहेको बैंकले आव २०७५—०७६ मा ८२ अर्ब ९३ करोड ६१ लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड ७६ लाख ६५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ७७ करोड ४४ लाख १४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा एक अर्ब ३० करोड एक लाख ९८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बैंकले ७६ अर्ब ९१ करोड ३७ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ७८ करोड ९० लाख ८२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब पाँच करोड ९१ लाख २६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com