मेगा केवलको ठगी धन्दाको पोल खुल्यो

काठमाडौं, साउन २८
कुनै पनि कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय तथा कुनै पनि निकायमा दर्ता गर्दा सेवा प्रवाहसँगै मुनाफाको आशा राख्नु स्वाभाविकै हो । तर सेवाभन्दा ग्राहकलाई ठग्ने प्रवृत्ति भएका कम्पनी अधिक हुनथालेको छ । राजधानीसहर काठमाडौँमा । काठमाडौँ उपत्यकाको वनस्थली, स्वयम्भु, सीतापाइला क्षेत्रलाई आधार इलाका बनाएर सञ्चालनमा आएको मेगा केवल नेटवर्क कम्पनीले ग्राहकलाई ठगी गर्नेगरेको पोल हालै खुलेको छ । कम्पनीले ग्राहकसँग लाइन जोड्ने समयमा सेटअप बक्सबापत लाइन काट्ने समयमा फिर्ता हुने शर्तमा एक हजार रुपैयाँ धरौटी राख्ने गरे पनि सेटअप बक्स फिर्ता गर्दा हाल छ सय रुपैयाँ मात्र फिर्ता दिने गरेको पोल खुलेको हो ।

कुनै पनि कम्पनीको विश्वसनीय, सुलभ तथा नियमित सेवा उपलब्ध हुनु कम्पनीको शाख र गरिमासँग जोडिएको हुन्छ । सुरुमा ग्राहकलाई रकम फिर्ता हुने आश्वासन दिने र पछि आफ्नो धरौटीबापतको पैसा लिन जाँदा फिर्ता नदिएको तथा दिएपनि चार सय रुपैयाँ कम दिने गरेको ग्राहकहरुको गुनासो रहेको पाइएको छ । नागार्जुन नगरपालिका वडा नम्बर दुई गैह्रीगाउँका दुई ग्राहकहरुले आफ्नो धरौटीबापतको रकम फिर्ता माग गर्दा पहिले एक हजार दिने गरेको भए पनि कम्पनीको नियम फेरिएको भन्दै चार सय रुपैयाँ कम दिने कुरा कम्पनीका एक प्रतिनिधिले बताएपछि कम्पनीको ठगी धन्दा सतहमा आएको हो । त्यसो त कम्पनीले जडानबापत रुपैयाँ १५ सयसमेत लिनेगरेको पाइएको छ । ग्राहकले केवललाई तिरेको तथा धरौटीबापतको बिलसमेत फेला परेको छ ।

ग्राहकसँग बार्गेनिङका लागि कम्पनीका तर्फबाट ९८६९६५४६६०नम्बर प्रयोग गर्दै थापा थरका एक कर्मचारीको प्रयोग हुनेगरेको समेत पाइएको छ । नेटवर्कले प्रतिव्यक्ति चार सयका दरले प्रतिवर्ष लाखौँ रुपैयाँ ठगी गर्नेगरेको आशंका गरिएको छ । चारसय रुपैयाँका लागि प्रहरी प्रशासन र निकायहरुमा जानुभन्दा झन्झट बेहोर्न नचाहने जमात रहेकोले कुनैपनि प्रहरी इकाईमा योसँग सम्बन्धित तथा यस्तै प्रकृतिको उजुरी आउनेगरेको नपाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकारी बताउँछन् । त्यसो त फरक फरक व्यक्तिहरुसँग कम रकम ठगी गरे पनि समूहिकरुपमा अधिक हुने भएकोले सामान्यरुपमा लिन नहुने एक प्रहरी अधिकारी नै बताउँछन् । उनले कुराकानीकै क्रममा यस्ता कुराहरु प्रहरीमा नै आउनुपर्छ भन्ने छैन कुनैपनि सञ्चारमाध्यममा आए पनि सत्यतथ्य के हो त भनेर बुझ्नसकिने कुरा बताउँदै कुनै पनि व्यक्तिले अन्याय सहन नहुने बताउँछन् ।

काठमाडौँका तीन जिल्लामा सञ्चालनमा आएको च्यानल नेटवर्कहरुमध्ये कम सिग्नल तर मँहगो शुल्क त छँदैछ, च्यानलको सिग्नलसमेत समय–समयमा जाने आउने समस्याबाट पीडित हुने गरेको गुनासो ग्राहकहरुको रहेको पाइएको छ । समयमै शुल्क बुझाउनु ग्राहकको कर्तव्य हो भने निष्पक्ष र उत्कृष्ठ सेवा दिनु सेवा प्रदायक कम्पनीको दायित्व र धर्म पनि हो । आफ्नो सेटअप बक्समा सिग्नल नआएको भन्दै केवलको कार्यालयमा सम्पर्क गर्दा तुरुन्त पठाइदिने आश्वासन आउने गरे पनि दुई/तीन दिनसम्म च्यानल बनाउन नआउने गरेकोले भन्दै केवलको व्यवहारदेखि आजित भएको बताउँछिन् नागार्जुन नगरपालिका गैह्रीगाउँकी एक ग्राहक । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com