पाँच अर्ब ८७ करोड रुपैयाँको हकप्रद स्वीकृत

एक वर्षमा १९ वटा संस्थाले पाए सेयर निष्काशन अनुुमति

काठमाडौं, साउन २८
नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८७ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुुसार २०७५ साउन ४ गतेदेखि २०७६ असार ३० गतेसम्म १९ विकास बैंक, फाइनान्स, बीमा र लघुुवित्त वित्तीय संस्था समेतले गरी उक्त परिमाणमा हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति पाएका हुुन् । एक आर्थिक वर्षमा ती कम्पनीहरुले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड ८७ लाख ७१ हजार ८४ दशमलव २५ कित्ता हकप्रद सेयर जारी गर्न अनुुमति पाएको बोर्डले जानकारी दिएको छ ।

हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाउने संस्थाहरुमध्ये १२ वटा लघुुवित्त संस्था, छवटा बीमा कम्पनीहरु र दुुईवटा फाइनान्स कम्पनीहरु रहेका छन् । सोमध्ये मुुक्तिनाथ विकास बैंकले विद्यमान चुक्ता पुँजीबाट १० बराबर दुुईको अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने ६१ लाख २९ हजार पाँच सय २० दशमलव २५ कित्ता हकप्रदको लागि अनुुमति पाएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि विक्ती प्रबन्धक एनआईसी एसिया क्यापिटलमार्फत १० बराबर सातको अनुुपातमा ७९ करोड २३ लाख ३० हजार रुपैयाँबराबरको ७९ लाख २३ हजार तीन सय कित्ता हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ । सो कम्पनीले यही भदौ ८ गतेबाट सेयर विक्तीको लागि आह्वान समेत गरिसकेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि १० बराबर शून्य छको अनुुपातमा हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ । कम्पनीले विक्ती प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत ७५ करोड ४० लाख ३५ हजार तीन सय रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको हो ।

बीमातर्फ नै एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि एकबराबर एक दशमलव शून्य पाँचको अनुपातमा हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ । बोर्डका अनुसार कम्पनीले विक्ती प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत १४ करोड तीन लाख ३२ हजार पाँच सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न अनुुमति पाएको हो । यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीले पनि ग्लोबल आईएमई क्यापिटलमार्फत ४० करोड १५ लाख ६५ हजार दुुई सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ । निर्जीवन बीमातर्फ नै युुनाइटेड इन्स्योरेन्स कम्पनीले पनि एनएमबी क्यापिटल लिमिटेडमार्फत ७२ करोड ५७ लाख ६० हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ ।

बोर्डका अनुुसार लघुुवित्ततर्फ स्वदेशी लघुुवित्त वित्तीय संस्थाले ११ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको छ । कम्पनीले विक्ती प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडमार्फत विद्यमान चुक्ता पुँजीको एकबराबर एकको अनुपात ११ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुुमति पाएको हो । यसैगरी महुुली लघुुवित्त वित्तीय संस्थाले पनि विद्यमान चुक्ता पुँजीबाट दुुई बराबर एकको अनुुपातमा हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ । कम्पनीले विक्ती प्रबन्धक सनराइज क्यापिल लिमिटेडमार्फत अंकित मूल्य एक सय रुपैयाँ कायम रहेको ३० लाख रुपैयाँबराबरको ३० हजार कित्ता हकप्रदको लागि अनुुमति पाएको हो ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था, जनउत्थान सामुुदायिक लघुुवित्त, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था, नाडेप लघुुवित्त वित्तीय सस्था आदिले पनि आव २०७५/०७६ मा नै हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति पाएको बोर्डले जानकारी दिएको छ । यीमध्ये पछिल्लो समय अनुुमति पाउने एकाधबाहेकका सबै संस्थाहरुले हकप्रद सेयर जारी गरिसकेको बोर्डको भनाइ छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com