उप–निर्वाचनमा नसमेटिए आन्दोलन गर्ने स्थानीयको चेतावनी

महेन्द्र शाही
सोलुखुम्बु, साउन २८
सोलुखुम्बुको तिङलावासीले उपनिर्वाचनमा आफूहरूलाई नसमेटिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । राज्य पुनःसरचनामा असन्तुष्टि जनाउँदै तिनै तहको निर्वाचन बहिस्कार गरेका तिङलावासीले आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको सूचीमा तिङ्ला समावेश नभएपछि आक्रोशित बनेका हुन् । पुनःसरचनामा नेचा, सल्यान गाउँपालिकामा राखिँदा अपायक परेको भन्दै उनीहरूले सघं, प्रदेश र स्थानीय तिनै तहको निर्वाचन बहिस्कार गरेका थिए । तिङ्लालाई सोलुदुधकुण्ड नगरपालीका ११ कायम गरिएसँँगै स्थानीयले निर्वाचनको माग गरेका हुन् । तर आमागी मंसिर १४ मा घोषणा गरेको उप–निर्वाचन हुने सूचीमा तिङ्ला भने परेको छैन ।

तत्कालीन आन्दोलन सर्घष समितिका अध्यक्ष बालकुमार कार्कीले तिङ्लालाई उप–निर्वाचनमा नसमेटेर राज्यले तिङ्लाबासीलाई अन्याय गरेको आरोप लगाए । उनले जनप्रतिनिधिविहीन तिङ्लालाई निर्वाचनको माध्यमबाट जनप्रतिनिधि व्यवस्था नगर्ने हो भने तिङ्लावासी जस्तोसुकै मुल्य चुकाउन तयार हुने चेतावनी दिए । एक जना जनप्रतिनिधि नभएको ठाउमा उप–निर्वाचन हुने र जनप्रतिनिधिविहीन तिङलालाई उप–निर्वाचनमा नसमेटिनुले राज्यले विभेद गरेको स्थानीयको भनाइ छ । यस्तै स्थानीय पेम्बा शेर्पाले राज्यले देशका सबै जनतालाई समानरूपमा हेर्नुको सट्टा तिङलालाई बेवास्था गरेको आरोप लगाएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com