दुर्गम गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण, अब शैक्षिकस्तर सुधारमा जोड

सुबास बस्नेत
दोलखा, साउन २८
भूकम्पले दोलखाका अधिकांश विद्यालयहरू पूर्णरूपमा क्षति भएका थिए । क्षेती भएकामध्ये कयौँ विद्यालय भवन निर्माणको काम अलपत्र बनेर बसेका छन् भने केही विद्यालयका भवनहरू भने सुविधासम्पन्न तरिकाले निर्माण भएका छन् । दोलखाको दक्षिणी बेल्डमा पर्ने शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुको कालिका माविमा २७ कोठे सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गत शुक्रबार एक कार्यक्रमका बीच उक्त नवनिर्मित दुईवटा भवनको साँचो हस्तान्तरण गरिएको हो । बिहीबार पनि दोलखाको दुर्गम गाउँ कालिन्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा निकोभूमि माध्यमिक विद्यालयलाई २९ कोठे दुईवटा सुविधासम्पन्न भवनको साँचो हस्तान्तरण गरिएको थियो भने बुधबार बिगु गाउँपालिकाका वडा नम्बर ५ चिलंखामा २७ कोठे दुईवटा सुविधासम्पन्न आधुनिक विद्यालय भवन हस्तान्तरण गरियो ।

दोलखाका संघीय सांसद् पार्बत गुरुङले गत हप्ता मात्रै चारवटा विद्यालयका ८ ओटा आधुनिक विद्यालय भवन हस्तान्तरण गरे । आगामी ३१ गते मेलुङ गाउँपालिकामा पनि एक विद्यालयको दुईवटा भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)का कार्यलय प्रमुख देबकुमार बरालले बताए । विद्यालयले सुविधासम्पन्न भवन पाएसँगै विद्यालयको शैक्षिक अवस्था सुधारमा ध्यान दिने बिगुगाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मधुकर गुरुङले बताए । स्थानीय सरकारले गाँउका विद्यालयको शैक्षिकस्तरमा सुधार ल्याउन कुनै कसुर बाँकी नराख्ने उनको भनाइ छ ।

सांसद् पार्वत गुरुङले विद्यालयको आर्कषक भवनले मात्रै सरकारी विद्यालयको शैक्षिकस्तर नउक्सिने बताए । जिल्लाको शैक्षिक गुणस्तर बढाउनका लागि आफूले सकेको सहयोग गर्ने उनले बताए । दोलखामा भूकम्पले भत्काएका विद्यालयको नेपाल सरकार, एसियाली विकास बैंकको ऋण सहयोग, जापान सरकारको अनुदान सहयोग, भारत सरकारको अनुदान सहयोग, चिन सरकारको अनुदान सहयोग र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा विद्यालय पुनःनिमार्ण भइरहेका छन् । पुनःनिमार्ण भइरहेका विद्यालय र पुनःनिमार्ण सम्पन्न भएका विद्यालयहरू, अपाङ्गमैत्री, बालमैत्री, महिलामैत्री रजस्वला भएको बेला प्याड जलाउने स्थान रहेको साथै आधुनिक शौचालय निमार्णसँगै पिउने पानीको समेत व्यवस्था गरिएको छ ।

निर्माण हस्तान्तरण भएका भवनहरू आधुनिक डिजाइनमा निमार्ण गरिएको छ भने विद्यालयमा हुने सबैखाले सुविधा उपलब्ध गराइएको छ । एसियाली विकास बैंकको सहयोगमा हालसम्म ११ वटा विद्यालयका भवनहरू निमार्ण सम्पन्न गरिएको छ । एडीबीले जम्मा २२ वटा विद्यालयका भवन निमार्ण गर्ने जनाएको छ । भूकम्पले केही विद्यालयका पक्की भवनबाहेक ३२ सय २५ कक्षाकोठा क्षति गराएको थियो भने पुर्णरूपमा दोलखामा दुई हजार ३८ कक्षाकोठा क्षतिभएको आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार आंशिक क्षति चार सय ५६, सामान्य क्षेति छ सय २१ र क्षेति नभएको एक सय २ कक्षा कोठा रहेका छन् ।

हालसम्म विभिन्न दातृ निकायको सहयोगमा पाँच सय आठ कक्षाकोठा निमार्ण सम्पन्न भएको र अन्य निमार्णको चरणमा रहेको इन्जिनियर श्रेष्ठको भनाइ छ । विद्यालयको भवन पाएसँगै शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा स्थानीय र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । स्थानीय जनप्रतिनिधिले समेत सरकारी विद्यालयमा शैक्षिकस्तर खस्किएको प्रति चिन्ता प्रकट गरेका छन् । बिगु गाउँपालिका प्रमुख युध्रिष्टि खड्का भन्छन्, ‘हामीलाई अहिले भवन पाएसँगै शैक्षिकस्तर खस्किएको प्रति चिन्ता छ यसलाई कसरी सुधार्ने ।’ आयेजना कार्यान्वयन इकाई (शिक्षा)ले केन्द्रीय आयोजना कार्यन्वयन इकाईबाट टेण्डर भई निमार्ण व्यवसायीले निमार्ण गरेका भवनहरूको अनुगमन तथा गुणस्तर मापन गरी सम्पन्न भएपश्चात् समुदायलाई हस्तान्तरण गरिरहेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com