विषादी नियन्त्रणका लागि नयाँ ऐन आउने

काठमाडौं, साउन २८
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिको विकासका लागि छिट्टै विषादी चेकजाँच ऐन ल्याउन लागेको बताएका छन् । नयाँ ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने उनले बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको एशियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरू ल्याइएको भन्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने दाबी गरे । मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्नसक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै युवाहरूलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । उनले २१ देखि ३५ वर्षका युवाहरूलाई स्वदेशमै खपत गर्नसक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था हेर्दा पञ्चायतकालीनभन्दा पनि खत्तम भएको भन्दै विज्ञहरूले गरेको अनुसन्धान किसानसम्म पु-याउन सके मात्र कृषि क्षेत्र सुधार हुने दाबी गरे । जति अनुसन्धानहरू भएका छन्, ती अग्रजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरू पु-याउन नसक्दा धेरै समस्या आएको भन्दै सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पु-याउन लागेको मन्त्री खनालले बताए । मन्त्री खनालले किसानहरू अनुसन्धान केन्द्रमा समेत जानैनसकेको भन्दै सातै प्रदेशमा किसान आवास परियोजना ल्याइएको बताए ।

मन्त्री खनालले दुई लाख ८० हजार जनसंख्या भएको मुलुकमा तीन करोड सात लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डीकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए । उनले अबको कृषिलाई आधुनिकीकरण प्राङ्गारिक र अर्गानिक तरिकाले गर्नका लागि छुट्टाछुट्टै योजना बनाइएको बताए । तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णालीजस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गानिक उत्पादनको योजना अगाडि बढाइएको उनले जानकारी दिए । उनले मुलुक भित्रने तरकारीहरूको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अन्तर्राष्ट्रियस्तरको ल्याब भने संभव नभएको बताए ।

विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेकजाँज ऐन ल्याउनलागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताए । अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिनाभित्र अन्तर्राष्ट्रियस्तरका ती परीक्षण केन्द्रहरू स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरैजसो समस्याहरू समाधान हुने बताए । मन्त्री खनालले युवाहरूको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुनपुगेको बताउँदै सरकारले अर्गानिक र आधुनिकीकरण योजनाबाट १० वर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने बताए ।

कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका डीसीएम डा. अजयकुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्ने बताए । अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नुपर्नेमा डा. कुमारले जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सिंचाइमन्त्री एनपी साउदले सिंचाइको सुविधा, उन्नत जातको बीउबिजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ति ल्याउनसक्ने बताए । कार्यक्रममा वक्ताहरूले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भए पनि मुलुकलाई पुग्ने उत्पादन गर्ननसक्नु दुखद् भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताएका छन् ।

अन्न उब्जाउने मान्छे नै भोको रहनु दुखद भएको भन्दै कार्यक्रममा सरोकारवालाहरूले कृषि क्षेत्रमा लागेका किसानहरूलाई विभिन्न राहत र सहुलियत दिएर उत्पादनमा जोड्न सक्नुपर्ने बताए । कार्यक्रमा फोरएच नेपालका अध्यक्ष एवं कार्यक्रमका सभापति लोकराज अवस्थीले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गम्भीर हुन जरुरी रहेको बताए । युवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके युवाहरू विदेशमा नजाने भन्दै युवाहरूलाई जागरण गर्न जरुरी रहेको अवस्थीले बताए । सम्मेलनमा नेपाल, भारत, चीन, इण्डोनेसिया, बेलायत, आयरल्याण्ड लगायतका देशहरूबाट एक सय जना सहभागिता रहेको छ । सम्मेलन साउन २८ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com