सोल्नासा खोलामा निर्मित बेलिब्रिज उद्घाटन

सोलुखुम्बु, साउन २८
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ९ र १० को बिचमा पर्ने सोल्नासा खोलामा बेलिव्रिज निर्माण भएको छ । नव निर्मित पुलको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरेका छन् । नगरपालिकाको एक करोड ६२ लाख ६६ हजार रुपियाँको लागतमा बेलीब्रिज निर्माण भएको हो । सो पुल निर्माण भएपछि ९ र १० का स्थानीयलाई आवत जावतमा सहज भएको छ । वर्षात्को समयमा सवारी आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीयवासीहरुले अब यस्तो समस्या भोग्न नपर्ने भएकाले स्थानीय खुसी बनेका छन् ।

सोलुदूधकुण्ड नगरपालिका यो वर्ष नगर भित्र चारवटा बेलिव्रिज निर्माण भयको छ निर्माण भएका सबै पुलको उद्घाटन भइसकेको छ । सोल्नासा खोलामा निर्माण भएको बेलिव्रिजको क्षमता ४० टन र सो पुलको आयु ५० वर्ष रहेको छ । मेयर शेर्पाले आफ्नो कार्यकालमानै नगरपालिकाको हरेक क्षेत्रहरुमा केन्द्रीय प्रसारणलाइन जोडी उज्यालो नगर बनाउने बताए । उनले जन्तर धापदेखि टाप्टिङ सोल्नासा गोराखानी हुँदै खोरिया सल्लेरी जोड्ने मोटरबाटोको लागी द्रुतगतिमा कार्य भइरहेको भन्दै चाँडै नै केरुङ गोराखानी र टाप्टिङ जोड्ने चट्याङ खोलामा पनि बेलिब्रिज निर्माण गरिने बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com