ओप्पोलाई ह्विसलआउट अवार्ड

काठमाडौं, साउन २८
विभिन्न दूरसञ्चार ब्राण्डका बीच तुलनाका लागि ख्यातिप्राप्त कम्प्यारिजन साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओप्पोलाई फोन म्यानुफ्याक्चरर आफ द इयर २०१९ उपाधिबाट सम्मानित गरेको छ । साथै, ओप्पो रेनो ५जीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधि पनि प्रदान गरेको छ । ह्विसलआउट अवार्ड्सले अष्ट्रेलियन नागरिकहरुलाई विभिन्न विधामा लगातार उत्कृष्ट उत्पादन, सेवा तथा योजना प्रदान गर्ने दूरसञ्चार क्षेत्रका कम्पनीहरुको योगदान मुल्याङकन तथा पहिचान प्रदान गर्ने कार्य गर्दै आइरहेको छ । यस वर्षको ह्विसलआउट फोन अवार्ड्सको निर्णायकमा विज्ञ सम्पादकहरुको समूहले स्मार्टफोनलाई तिनको मूल्य, कार्य प्रदर्शनी, ब्याट्री, स्क्रिन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ता अनुभवका आधारमा सन् २०१९का उत्कृष्ट स्मार्टफोन्स तथा निर्माताको चयन गरेका थिए ।

‘ह्विसलआउटका प्रबन्ध सम्पादक, एलेक्स कोरोसले ओप्पोले स्मार्टफोन बजार परिमार्जन गर्नुका साथै अष्ट्रेलियनहरुका लागि अद्वितीय प्रस्तावहरु प्रदान गरिरहेको विश्वास व्यक्त गरे । विगत १२ महिना ओप्पोले उत्साहजनक परिपक्वता प्रस्तुत गरेको छ । कम्पनीले कसैलाई पछ्याउनेभन्दा स्मार्टफोन निर्माता तथा नवप्रवर्तकका रुपमा आफ्नो छुट्टै पहिचान कोरिरहेको छ । ओप्पोले ट्रेण्ड पछ्याउने भन्दा आफैँ ट्रेण्ड बसाउने कार्य गरिरहेको छ’, एलेक्सले भने । ओप्पो अष्ट्रेलियाका प्रबन्धनिर्देशक माइकल ट्रानले यो अवार्डले अष्ट्रेलियामा ओप्पोको सफलताको प्रतिनिधित्व गरेको विश्वास व्यक्त गरे । उनले यसको श्रेय कम्पनीको स्मार्टफोन नवप्रवर्तन र डिजाइनलाई दिए । उनले भने, ‘स्मार्टफोन डिजाइनलाई पुनः परिभाषित गर्न कुनै सिमानाको पर्वाह नगर्ने हाम्रो जमर्को अष्ट्रेलियन उपभोक्ताले मनपराएको हामीलाई महसुस भइरहेको छ ।

वर्षकै उत्कृष्ट फोन निर्माता बन्न पाउनु हाम्रो समग्र समुहको उत्कृष्ट फोन बनाउने अथक प्रयास र मिहिनेतको प्रतिफलका रुपमा हामीले लिएका छौँ ।’ उनले अष्ट्रेलियन उपभोक्तालाई फूल स्क्रिन डिस्प्ले, राम्रो ब्याट्री आयू र सुन्दर डिजाइनसहितको फोन मन पराउने बताए । ओप्पो रेनो ५जीमा यी सबै विशेषता समाहित छन् । फोनमा रहेको नवप्रबर्तनात्मक शार्क–फिन डिजाइन क्यामेराका कारण यसमा पृथक् फुल स्क्रिन डिस्प्ले उपलब्ध छ । भोक ३.० फास्ट चार्जिङ प्रविधि सहितको शक्तिशाली ब्याट्री र ५जी सञ्जालमा उत्कृष्ट कार्य प्रदर्शनी फोनका विशेषता हुन् । उनले भने, ‘हामी स्मार्टफोनको परम्परागत डिजाइनलाई चुनौति प्रदान गर्ने नयाँ उत्पादनहरु बजारमा ल्याउन सदैव तत्पर रहन्छौँ ।”

ओप्पोले स्मार्टफोन डिजाइन तथा नवप्रवर्तनका लागि आफ्नो निरन्तर मिहिनेत कायम राख्ने जनाएको छ । पछिल्लो हप्ता मात्रै कम्पनीले स्मार्टफोन डिजाइनमा आफ्नो नयाँ प्रस्तुति कभ्र्ड डिस्प्लेसहितको पूर्ण फूल स्क्रिन दृश्यानुभव दिने “वाटरफल स्क्रिन”को घोषणा गरिसकेको छ । ‘पछिल्ला १२ महिनामा हाम्रो सफलताका पछ्याउँदै स्मार्टफोन बजारमा डिजाइन तथा नवप्रबर्तनका लागि नयाँ कोशेढुङा स्थापित गर्दै अघि बढ्ने हाम्रो जमर्को रहिरहनेछ । हामी अहिले पनि केही निकै रोचक फिचर्स तथा उत्पादन माथि काम गरिरहेका छौँ’ उनले भने, ‘छिट्टै नै अष्ट्रेलियन उपभोक्तामाझ तिनलाई पस्किने हाम्रो योजना छ ।’


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com