एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौता

काठमाडौं, साउन २८
एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल र काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ । प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य रहेको एनसेलले जनाएको छ । एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ ।

धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ । साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स सेन्टर’ स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार एक कार्यक्रम माझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यबाट उत्साहित धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भने, “हाम्रो भिजन भनेको नेपालमा नै यस्तो प्रकारको पहिलो हेल्थ इन्फर्मेटिक्स् सेन्टरको विकास गर्नु हो जहाँ सिक्दै, नवीन खोज गर्दै तथ्यांकमा आधारित विधि अपनाई बहु आयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सकियोस् । नेपालको स्वास्थ्य क्षेत्रका बारेमा एनसेलको दूरदर्शी दृष्टिकोणप्रति कृतज्ञ छु ।’

यस सहकार्य अन्तर्गत सञ्चालन हुने कार्यक्रमबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्गले भने, ‘यो कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरुमध्ये एकभित्र पर्दछ । धुलिखेल हस्पिटलले सञ्चालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रहरुको क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिको प्रयोगमार्फत विशेषतः ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जनसमुदायहरुलाई यस सहकार्यले ठूलो योगदान गर्ने हामीले आशा लिएका छौं ।’

धुलिखेल हस्पिटलका संस्थापक तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठले यस सहकार्यबारे आफ्नो विचार राख्दै भने, “आउँदा दिनहरुमा देशमा नै हेल्थ इन्फर्मेटिक्स् क्षेत्रमा अनुसन्धान र तालिमहरु प्रदान गर्न यो एक प्लेटफर्म पनि हुनेछ ।” उनले विकासका लागि अध्ययन संस्था र एनसेल जस्ता निजी क्षेत्रका बीचमा सहकार्य अति जरुरी रहेका बताए । यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ । टेलिमेडिसिनअन्तर्गत कार्यक्रमले धुलिखेल हस्पिटलद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा हस्पिटलका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई दुई वर्षका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

कार्यक्रम सञ्चालनका लागि हाल सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु छानिएका छन् । यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधूरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । पीएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका जनसमुदायका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्यसम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।

पीएचपीलाई कार्यक्रम सञ्चालन गरिने समुदायहरुभन्दा बाहिर समेत लाने उद्देश्यका साथ जनसमुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्यांकमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो । यस सहकार्यलाई पाँच वर्षको लागि निरन्तरता दिने योजना एनसेल र धुलिखेल हस्पिटल–काठमाडौ युनिभर्सिटी हस्पिटलको रहेको छ । यसका लागि दुई वर्षपछि कार्यक्रमको मूल्याङ्कनपश्चात् यो सम्झौतामा नवीकरण हुनेछ । पाँच वर्ष पछि पनि दीर्घकालीन रुपमा सञ्चालनमा रहने गरी यसको विकास गर्नु यस सहकार्यको उद्देश्य रहेको छ ।

एक जिम्मेवार व्यावसायिक नागरिकको रुपमा एनसेलले देशको सामाजिक तथा आर्थिक विकासका लागि उल्लेखनीय योगदान पु-याएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०११—२०१८ सम्ममा शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवा प्रतिभा प्रवद्र्धनजस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा ६७ करोडभन्दा बढी योगदान पु-याइसकेको छ । सबैभन्दा ठूलो करदाताको रुपमा एनसेलले नेपालको विकासमा योगदान पु-याएका उदाहरणहरु छन् र आगामी दिनहरुमा पनि देशको हितका लागि एनसेलको दिगो व्यवसाय निर्माण जारी राख्नेछ । स्थापनादेखि गत आर्थिक वर्ष २०७५/०७६ सम्म दुई खर्ब १० अर्बभन्दा बढी विभिन्न राजस्व शीर्षक अन्तर्गत योगदान गरिसकेको छ ।

यसका साथै एनसेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पु-याएको छ । एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ९३ हजार ८ सयभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ र १ करोड ६५ लाखभन्दा बढी ग्राहकहरुलाई दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ । एक दीर्घकालीन सेवा प्रदायकको रुपमा एनसेल डिजिटल कनेक्टिभिटी अझै बढाउन र सबै नेपालीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि योगदान गर्न सदैव प्रतिबद्ध छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com