सनराइज बैंकका थप दुुई शाखा

काठमाडौं, साउन २८
सनराइज बैंकले थप दुुईवटा शाखा विस्तार गरेको छ । बैंकले तम्घासमा एक सय १८ औं कुश्मामा एक सय १९ औँ शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकका अनुसार आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वतस्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइजका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरूपमा शाखाको समुुद्घाटन गरेका हुुन् । उक्त कार्याक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्तरुपमा एटीएम काउन्टरको समेत समुुद्घाटन गरेका छन् । गुल्मीस्थित तम्घासमा रहेको शाखाको भने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् । बैंकका अनुसार सोही दिन नै ललितपुर महानगरपालिकास्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्तरूपमा एक्सटेन्सन काउन्टरो समुुद्धघाटन गरेका हुन् ।

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com