आवश्यकताभन्दा बढी अनुुमति दिएका लघुुवित्तमा विकृति

काठमाडौं, साउन २८
नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आवश्यकताभन्दा बढी लाइसेन्स दिएका कारण लघुुवित्त क्षेत्रमा विकृति बढेको सो क्षेत्रमा विज्ञहरूले बताएका छन् । लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारणका विषयमा काठमाडौँमा सम्पन्न भएको एक दिने सम्मेलनमा सहभागी लघुुवित्त क्षेत्रका विज्ञहरूले उक्त कुरा बताएका हुुन् । स्वावलम्वन विकास केन्द्रको आयोजनामा सम्पन्न भएको सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको विकृति, बुझाइ, गराइ, भोगाइ र सोचाइ विषयमा सामूहिक छलफल भएको थियो ।

गोष्ठीमा लघुवित्त क्षेत्रका अग्रणी तथा स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूल मर्म सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिए । लघुवित्त क्षेत्रमा हाल देखापरेका विकृति र विचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँच आउने संकेत देखिएको उनले बताए । लघुवित्तमा उद्यमशीलता विकास महत्वपूर्ण हुने भएकोले लघुवित्त संस्थाहरू ग्राहक सदस्यहरूलाई स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गरी कसरी उद्यमशीलता विकास गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने सहभागीहरूको भनाइ थियो । स्वच्छ लघुवित्त कार्यान्वयनका लागि सम्मेलनले एउटा कार्यदिशा तय गर्ने विश्वास गरिएको छ ।

लघुवित्तलाई सामाजिक व्यवसायको रूपमा नभई नाफामूलक दृष्टिकोणले हेर्ने प्रवृत्तिमा बढोत्तरी हुँदैआएको कारण विभिन्न किसिमका विचलन देखापरेको र त्यस प्रकारका विचलनले विपन्न तथा न्यून आय भएका वर्गको आर्थिक सामाजिक विकासमा बाधा पुग्ने देखिएको कुरा छलफलमा उठेको थियो । सम्मेलनमा देशका सातैवटा प्रदेशबाट प्रतिनिधित्व हुनेगरी प्यानल छलफल गरिएको थियो ।

प्यानल छलफलमा सहभागीहरूले लघुवित्तलाई ग्राहकमुुखी र उत्तरदायी बनाउन लघुवित्त संस्थाहरूले स्वयम् अनुशासनलाई अनुसरण गर्नुपर्ने साथै नियामक निकायले लघुवित्त वित्तीय संस्थालाई आवश्यकताभन्दा बढी अनुमति दिने क्रमले गर्दा यसमा धेरै विकृतिहरू देखापरेको सहभागीहरूले बताएका छन् । गोष्ठीमा नेपालका लघुवित्त क्षेत्रका विज्ञलगायत केन्द्रमा आवद्ध ३९ वटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com