मुक्तिनाथ विकास बैंक र संजिवनी हस्पिटल तथा विराट आँखा हस्पिटलबीच सम्झौता

काठमाडौं, साउन २८
मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित संजिवनी हस्पिटल तथा आइभिएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुुन् ।

साथै बैंकले विराटनगर कै विराट आँखा हस्पिटलसँग पनि बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौतापत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले देशैभरि एक सय १८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ सुविधाका साथै देशैभरि भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरू उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com