काठमाडौं, साउन २८
जनता बैंकले गुणस्तरीय शिक्षासम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’लाई दुुई लाख रूपैैयाँ सहयोग गरेको छ । बैंकले आगामी भदौ ७ देखि ९ गतेसम्म काठमाडौँंमा आयोजना गरिने सम्मेलनमा देशको विभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजनस्वरूप बैंकले सहयोग प्रदान गरेको हो । सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरेका हुन् । फाउण्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्नलागेको हो ।
विद्यार्थी केन्द्रितशिक्षामा प्रतिबद्धता’ भन्ने मूल नारासहित हुुनलागेको उक्त सम्मेलनमा पूर्वप्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो विकासमा शिक्षा जस्ता विषयहरूसमेत समेटिनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने सम्मेलनमा पूर्वविद्यालय शिक्षादेखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुुने जानकारी पनि बैंकले दिएको छ ।
२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com