माइक्रोसफ्टले खोल्यो सुरक्षा प्रयोगशाला

लासभेगास (अमेरिका), साउन २८
प्रविधि कम्पनी माइक्रोसफ्टले अजुर सेक्युरिटी ल्याब खोलेको छ । बढ्दो साइबर सुरक्षा र आक्रमणलाई मध्यनजर गर्दै कम्पनीले उक्त सुरक्षा प्रयोगशाला खोलेको हो । यो प्रयोगशालाले अध्ययनकर्तालाई सबै प्रकारका साइबर आक्रमणको गहन अध्ययन गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । एक वक्तव्यमार्फत कम्पनीले यसले आक्रमणको पहिचान र समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । त्यस्तै यो प्रयोगशालामा बाहिरका सुरक्षाविद्हरुले अजुरका सुरक्षाविद्सँग मिलेर काम गर्नेछन् । यसमा आक्रमणको अध्ययनमात्र नभई त्यसलाई पूर्णरुपमा निष्क्रिय समेत पार्नेछन् ।

यसका लागि कम्पनीले विज्ञहरुबाट आवेदन समेत माग गरेको बताइएको छ । माइक्रोसफ्टका अनुसार अजुर पब्लिक क्लाउड इन्फ्रास्ट्रक्चर ह्याक गर्ने विज्ञलाई ३ लाख अमेरिकी डलर समेत दिनेछ । कम्पनीले आफ्नो क्लाउड पूर्णरुपमा सुरक्षित छ भन्ने देखाउनका लागि पनि यस्तो पूर्वाधार निर्माण गरेको जनाएको छ ।
यो हप्ता नै लासभेगासमा ब्ल्याक ह्याट यूएसए २०१९ साइबर सेक्युरिटी कन्फरेन्स हुँदै छ । यसका लागि विश्वका दश हजारभन्दा बढी साइबर सेक्युरिटी विज्ञहरु भेला भएका छन् । यो सम्मेलन २२औँ हो । यसलाई विश्वकै उच्च महत्वको इन्फरमेसन सेक्युरिटी इभेन्टका रुपमा लिने गरिन्छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com