चिनियाँ सवारीसाधन कम्पनी विदेशी बजार खोज्दै

बेइजिङ, साउन २८
चिनियाँ सवारीसाधन निर्माता कम्पनीहरुले विदेशी बजारमा अर्बौँ डलर लगानी गर्नथालेका छन् । आफ्ना उत्पादनको बिक्रीमा सुस्तता आउनथालेपछि विदेशी बजार खोज्दै चिनियाँ अटो निर्माताहरु भारत, अफ्रिका र युरोपमा अर्बौँ लगानी गर्न थालेको वालस्ट्रिट जर्नलले जनाएको छ । स्वदेशी बजारमा बिक्री सुस्ताएका कारण विदेशमा लगानी बढाउन सुरु गरेको बताइएको छ । विदेशी बजार खोज्ने क्रममा कम्पनीहरुले उत्पादनमा पनि सुधार गर्दै विदेशी गुणस्तर मापदण्ड समेत पूरा गरेको र मूल्यमा पनि ध्यान दिएको बताइएको छ । चीनको ठूलो सवारीसाधन निर्माता साइक (एसएआईसी) मोटर कर्पले जुनमै भारतीय बजारमा नयाँ स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) एमजी हेक्टरको बिक्री सुरु गरेको थियो ।

कम्पनीले भारतीय बजारमा २१ हजार गाडी पठाएको छ भने आगामी ६ महिनामा ती सबै बिक्री हुने अनुमान गरेकोमा चार हप्तामै गाडी बिक्री भएको बताइएको छ । त्यस्तै चिनियाँ कम्पनीहरुसँग विदेशी बजारसम्म पुग्ने स्रोत पनि भएकाले उनीहरु १० वर्षका लागि मूल्य चुकाएर भए पनि विदेशी बजारमा स्थापित हुने प्रयासमा रहेका छन् । अमेरिकी कम्पनीले विदेशी बजारबाट लिएको फाइदाजस्तै चिनियाँ कम्पनीले पनि सोही अनुसार व्यवसाय विस्तारमा ध्यान दिएको बताइएको छ । दशकअगाडि नै चिनियाँ कम्पनी एफएडब्ल्यु ग्रुप कर्पले ल्याटिन अमेरिकामा फ्याक्ट्री खोलेको थियो तर त्यसले विश्व वित्तीय संकटको सामना गर्दा माथि उठ्न सकेन, सन् २०१४ मा चेरी अटोमोबाइलले पनि ब्राजिलमा ५३ करोड डलर लगानी गरेको थियो । फाइदामा नगएपछि उक्त प्लान्ट सन् २०१७ मा बिक्रीका लागि राखियो ।

त्यसको तुलनामा अहिलेका चिनियाँ कम्पनी निकै क्षमतावान् र गुणस्तरीय उत्पादनमा पनि अब्बल रहेका छन् । साइकले इन्डोनेसिया र थाइल्यान्डमा दुई वर्षयता प्लान्ट खोलिसकेको छ । यी प्लान्टबाट कम्पनीले दक्षिणपूर्वी एसियाली बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ । २०२५ सम्ममा कम्पनीले एक वर्षमा १० लाखवटा बिक्रीको लक्ष्य राखेको छ । त्यस्तै ग्रेटवाल मोटर्स कम्पनीले पहिलो विदेशी प्लान्टका रुपमा रुसमा गत जुनमा व्यवसाय विस्तार गरिसकेको छ । त्यस्तै राज्यको सेयर रहेको बाइक (बीएआईसी) मोटर कर्पले गत वर्ष नै दक्षिण अफ्रिकामा उत्पादन सुरु गरिसकेको छ ।

कम्पनीले ७७ करोड २० लाखको लगानी अफ्रिकामा भित्र्याइसकेको छ । त्यस्तै भोल्भो कार निर्माता झेजियाङ गिली होल्डिङ ग्रुप कम्पनीले सन् २०१७ मा आफ्नो पहिलो विदेशी प्लान्टका रुपमा बेलारुसमा स्थापना गरिसकेको छ । यसले पूर्वी युरोप, रुसमा गिली ब्रान्डलाई व्यापक बनाउने लक्ष्य लिएको छ । गत वर्ष कम्पनीले मलेसियाली अटोमेकर प्रोटोनलाई प्राप्ति गरेको थियो । जसको उद्देश्य दक्षिण पूर्वी एसियाली बजारमा कम्पनीका उत्पादन पु¥याउनु हो । गिलीकै व्यावसायिक विद्युतीय सवारीसाधन युनिट द लन्डन ईभी कम्पनीले बेलायतमा दुई वर्षअघि नै प्लान्ट खोलिसकेको छ ।

चीनमा कार बिक्री घट्यो :- चीनमा कार बिक्री दरमा गत वर्षको जुनको तुलनामा यस वर्ष ४.३ प्रतिशतले कमी आएको चिनियाँ कार निर्माण कम्पनी संघले सोमबार बताएको छ । ‘यस वर्षको जुलाईमा १० लाख ८८ हजार कार बिक्री भएको र यो गत वर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो । कार बिक्रीदर यस वर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अंकले कमी आएकोे छ’, संघका महासचिव चेन सिहुआले बताए ।

‘सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार बिक्री भएको छ’, चेनले भने । यो गत वर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो । चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस वर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ । विद्युतीय ऊर्जाबाट चल्ने कारको बिक्रीमा पनि गत वर्षको तुलनामा यस वर्षको सुरूका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताए । विद्युतीय ऊर्जाबाट चल्ने सवारीसाधनको यस वर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com