अराम्कोको ७५ अर्ब डलर लगानी भित्र्याउँदै अम्बानीको रिलायन्स कम्पनी

नयाँ दिल्ली, साउन २८
चर्चित साउदी तेल कम्पनी अराम्कोले भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स कम्पनीमा ७५ अर्ब डलर लगानी गर्ने भएको छ । अम्बानीले कम्पनीको सोमबार आयोजित वार्षिक साधारणसभाका क्रममा यसबारे जानकारी दिएका हुन् । अराम्कोले आरआईएल ओइल टु केमिकल कारोबारको २० प्रतिशत सेयर लिनलागेको हो ।रिलायन्स र अराम्को दुवैले साझेदारी गर्दै आएका छन् । आरआईएल ओइल टु केमिकल कारोबारको राजस्व पाँच लाख करोड भारुभन्दा धेरै छ । रिलायन्स इन्डष्ट्रिजको जामनगरमा विश्वकै ठूलो रिफाइनिङ कम्प्लेक्स रहेको छ । जसले एकै दिनमा १४ लाख ब्यारेल तेल उत्पादन गर्न सक्छ । अराम्कोले पाँच लाख ब्यारेल तेल हरेक दिन रिलायन्सको रिफाइनरीमा पठाउनेछ । यो सम्झौता भारतमै सबैभन्दा ठूलो लगानी सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अराम्को विश्वकै ठूलोमध्येको तेल कम्पनीमा पर्छ । यसले आम्दानी कति गर्छ भन्ने रहस्यकै गर्भमा रहेको बताइन्छ । यद्यपि यो वर्ष अप्रिलमा अराम्कोले पछिल्लो वर्ष मात्रै १ सय ११ अर्ब डलर मुनाफा आर्जन गरेको जानकारी दिएको थियो । सन् २०१८ मा आईफोन निर्माता कम्पनी एप्पलले ५९ अर्ब ५० करोड डलर कमाएको बताएको थियो । अराम्कोभन्दा अन्य तेल कम्पनीहरु रोयल डचशेल र एक्सोन मोबिल धेरै पछि रहेका छन् । अराम्कोले यो वर्ष वित्तीय अवस्थाबारे जानकारी दिनुलाई कतिपयले बन्ड बेचेर १५ अर्ब डलर पुँजी जुटाउन गरेको प्रयासका रुपमा पनि लिएका छन् । सन् २०१८ मा अराम्कोले साउदी सरकारलाई १ सय ६० अर्ब डलर दिएको थियो । साउदी अरेबियाको पूर्वी भागमा धेरै तेल रहेको बताइन्छ । १ सय ९३ किमि क्षेत्रमा तेलको भण्डार नै रहेको बताइन्छ । जुन देशकै कुल तेल रहेको क्षेत्रमध्ये आध हिस्सा हो । यो कम्पनीलाई सन् १९८० देखि सरकारले स्वामित्व लिएको हो । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com