आठ किसिमका उद्योगमा लगानीकर्ताको चासो

एक दशकमा डेढ खर्बभन्दा बढी लगानी प्रतिबद्धता

प्रवीण राउत
काठमाडौं, साउन २९
लगानीकर्ताहरुले नेपालमा उद्योग खोल्नका लागि चासो दिनथालेका छन् । उद्योग विभागका अनुसार पछिल्लो एक दशकमा आठ प्रकारका उद्योगमा लगानी बढेको देखिएको छ । ऊर्जा संकट समाधान, मजदुर समस्या र कानुनी झन्झठहरु मत्थर हुँदै गर्दा उद्योग स्थापना गर्नेको संख्या अझै बढ्ने अपेक्षा विभागको छ । पछिल्लो समयमा होटल व्यवसायमा बढेको लगानीको कारण नेपालमा उद्योग स्थापना गर्ने वातावरण बन्दै गएको संकेत मिलेको छ ।

उद्योग विभागका अनुसार आठ प्रकारको उद्योग स्थापनाको लागि पछिल्लो १० वर्षमा डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । उद्योगी तथा व्यवसायीमार्फत कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन उद्योगका लागि पछिल्लो १० वर्षमा १ खर्ब ६७ अर्ब ७८ करोड ३८ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । स्वदेशी र विदेशी लगानीकर्तामार्फत पछिल्लो १० वर्षको समयमा सो लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

योसँगै १० वर्षको अन्तरालमा सुरुवाती समयमा लगानीमा कमी देखिएको छ भने त्यसपछि क्रमशः वृद्धि भई आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी लगानी प्रतिबद्धता उद्योग तथा व्यवसायीमार्फत् आएको देखिन्छ । विभागका अनुसार विगत १० वर्षयता स्वदेशी र विदेशी लगानीकर्ता गरेर आव ०७४/०७५ मा सबैभन्दा बढी ३५ अर्ब सात करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । आव ०६६/०६७ मा २ अर्ब १ करोड २५ लाख, आव ०६७/०६८ मा नौ अर्ब चार करोड १५ लाख, आव ०६८/०६९ मा सात अर्ब ७९ करोड १३ लाख रुपैयाँ, आव ०६९/०७० मा नौ अर्ब चार करोड १५ लाख तथा आव ०७०/०७१ म २८ अर्ब ७८ करोड सात लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै आव ०७१/०७२ मा १३ अर्ब ८७ करोड ५१ लाख, आव ०७२/०७३ मा १२ अर्ब १० करोड सात लाख, आव ०७३/७४ मा १६ अर्ब ३१ करोड ७४ लाख, आव ०७४/०७५ मा ३५ अर्ब सात करोड ३२ लाख र आव ०७५/०७६ मा २८ अर्ब २६ करोड ७९ लाख उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । उक्त लगानीमध्ये आव ०६६/०६७ मा २ सय ५८ वटा, आव ०६७/०६८ मा २ सय ४२ वटा, आव ०६८/०६९ मा २ सय ७९ वटा, आव ०६९/०७० मा चार सय ४६ वटा, आव ०७०/०७१ म तीन सय ७० वटा उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । त्यस्तै आव ०७१/०७२ मा चार सय ६६ वटा, आव ०७२/०७३ मा चार सय नौवटा, आव ०७३/०७४ मा पाँच सय १० वटा, आव ०७४/०७५ मा चार सय ९८ उद्योग, आव ०७५/०७६ मा चार सय ३६ वटा उद्योगले स्थापनाका लागि लगानी प्रतिबद्धता जनाएका हुन् ।

उद्योग स्थपनासँगै उद्योगी तथा व्यवसायीहरुले रोजगारीको समेत ग्यारेन्टी गरेका छन् । उद्योगी तथा व्यवसायीहरुले विभागमा दर्ता भएको उद्योगअनुसार आव ०६६/०६७ मा १४ हजार पाँच सय १० जना, आव ०६७/०६८ मा १३ हजार ७ सय २७ जना, आव ०६८/०६९ मा १६ हजार ९ सय ६० जना, आव ०६९/०७० मा २८ हजार ५ सय ३५ जना, आव २०७०/०७१ मा २१ हजार चार सय ४८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए । यस्तै आव ०७१/७२ मा २२ हजार ७ सय ८५ जना, आव ०७२/७३ मा १८ हजार ७ सय ६० जना, आव ०७३/०७४ मा २६ हजार ५ सय ३० जना, आव ०७४/०७५ मा २७ हजार ३ सय ८२ जना, आव ०७५/०७६ मा २२ हजार ९ सय ६१ जनालाई उद्योगी तथा व्यवसायीले रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

उद्योगी तथा व्यवसायीहरुले नेपालका ७१ वटा जिल्लामा उद्योग स्थापना गर्ने उद्देश्यले सो लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ । विशेषगरी काठमाडौं, ललितपुर, चितवन, बर्दिया लगायतका जिल्लामा उद्योगी तथा व्यवसायीहरुले उद्योग स्थापना गर्न चाहेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com