श्रममन्त्री विष्टको निर्देशन श्रम विभागमै अमान्य

काठमाडौं, साउन २९
क्यासिनो अन्नाका संघर्षरत नौ सय २२ जना पीडित मजदुरको समस्या समाधान गर्न श्रम तथा रोजगारमन्त्री गोकर्ण विस्टले दिएको निर्देशन श्रम कार्यालय टेकुका कार्यालय प्रमुख उदय कुमार गुप्ताले रद्दीको टोकरीमा फालिदिएका छन् । श्रममन्त्री विष्टले पछिल्लो पटक यही साउन ४ गते पीडित मजदुरको समस्या यथाशीघ्र सम्बोधन गर्न निर्देशन दिएका थिए ।

मन्त्री विष्टको निर्देशन शाखा अधिकृत प्रेमप्रसाद उपाध्यायले साउन ६ गते श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा कारबाहीका लागि पठाएका थिए । त्यसको जवाफमा विभागले सो विवादउपर छानबिन हुँदा श्रम तथा रोजगार कार्यालय काठमाडौंले ‘प्रस्तुत विषयमा यसअघि नै निर्णय दिइसकेको तर सो निर्णय कार्यान्वयन नभएको भन्ने बुझिन आएको, सोसम्बन्धी सक्कलै फाइल उक्त कार्यालयमा पठाइएको, निवेदक र होटलबीचको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको, अदालतबाट नै अन्तिम फैसला हुने भएको हुँदा प्रस्तुत विषयमा विभागबाट थप कुनै कारबाही गरिरहनुपर्ने नदेखिएकोले आवश्यक निर्देशनका लागि आदेशानुसार अनुरोध छ’ भनिएको छ । कारखाना निरीक्षक सुदिन भुजू श्रेष्ठले हस्ताक्षर गरी पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

विभागको महानिर्देशक लालमणि ओझापछि निर्देशक उदय कुमार गुप्ता रहेका छन् । निर्देशक गुप्ता यसअघि श्रम कार्यालय टेकुको प्रमुख रहेका थिए । ‘गुप्ता श्रम कार्यालय टेकुको प्रभाव हुँदा श्रम अदालतका न्यायाधीश धीर बहादुर चन्दको इजलासले २०७२ जेठ २९ गते अन्ना क्यासिनोमा काम गर्ने कामदार कर्मचारीहरुलाई भुक्तानी दिन बाँकी तलबभत्ताको रकम, सञ्चयकोष, ओभरटाइम भत्ता, औषधि उपचारको रकम, उपदान तथा अन्य सुविधाहरु सेवा निवृत्त कामदार तथा मजदुरहरुलाई भुक्तानी दिनुपर्ने बाँकी रकम समेत क्यासिनो अन्नाका सञ्चालक तथा व्यवस्थापकहरुबाट भुक्तानी पाउने भनी गरेको मिति २०७१ वैशाख १६ को निर्णय कानुनसम्मत हुँदा सदर हुने ठहर्छ’ भनिएको छ ।

२०७१ वैशाख १६ गते श्रम कार्यालयका प्रमुख उदय कुमार गुप्ताले क्यासिनो अन्नाका मजदुरले १५ करोड २६ लाख ६२ हजार २ सय ९५ रुपैयाँ ६९ पैसा सेवा सुविधा पाउनुपर्ने भनी फैसला गरेका थिए । गुप्ताको फैसलाविरुद्ध क्यासिनो अन्नाका व्यवस्थापकहरु श्रम अदालतमा पुनरावेदन गर्न गएका थिए तर श्रम अदालतले पनि श्रम कार्यालयका उदय कुमार गुप्ताले गरेको फैसलालाई नै सदर गरेको थियो । अहिले उनै गुप्ता श्रम विभागमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा मजदुरले आफूले श्रम कार्यालय र श्रम अदालतले दिनू भनी फैसला गरेको सेवा सुविधाको रकम अहिलेसम्म नपाएकाले दिलाइपाऊँ भनी मन्त्री विष्टलाई निवेदन दिएका थिए । उनको निर्देशन लिएर जाँदा पनि निर्देशक गुप्ताले सुन्ने कान लगाएका छैनन् । उनले आफैँले गरेको फैसला कार्यान्वयन गर्न मन्त्री विष्टले गरेको निर्देशनलाई बेवास्ता गरेको देख्दा पीडित मजदुरले उनले होटल अन्नपूर्णका मालिक र होटल अन्नपूर्णद्वारा खोलिएको क्यासिनोका व्यवस्थापकहरुसँग अपवित्र सम्बन्ध स्थापित गरेको हुनसक्ने आशंका गरेका छन् ।

अन्नपूर्ण इन्टरनेशनल प्रालि होटल डेला अन्नपूर्णद्वारा सञ्चालित क्यासिनो अन्नाको पीडित मजदुरहरुले श्रम कार्यालय टेकुमा २०७० साल माघ २२ गते मुद्दा दर्ता गरेको नं. १५८/०७० जसमा कार्यालय प्रमुख वरिष्ठ कारखाना निरीक्षक (इ.) उदय कुमार गुप्ता स्वयंले निर्णय गरेको थिए । जसमा मजदुरको दिनुपर्ने रकम १६ करोड फैसला गरेकोमा उक्त फैसला कार्यान्वयनको लागि निज उदय कुमार गुप्ता रहेकै बखत फैसलापश्चात् पटक–पटक ०७१ साल, २०७२ फागुन १, २०७३ कात्तिक २८, २०७५ असोज २४ र २०७५ पुस १९ गते गरी पटक–पटक कार्यान्वयनको लागि ताकेता गर्दा पनि कार्यालयले आलटाल गरिरहेको कारण श्रम मन्त्रालयमा नै ज्ञापनपत्र र परिपत्र जारी गरिपाऊँ भनी मन्त्रीमार्फत उक्त फैसला कार्यान्वयन र हालसम्मको क्षतिपूर्ति दिलाई भराई पाउन भनी पटक–पटक ताकेता गर्दा पनि हाल श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नै उक्त फैसला र श्रम ऐनअनुसार पाउनुपर्ने सेवा सुविधाको लागि आलटाल र ढिलासुस्ती गरिरहेको छ ।

विशेष कुरा के छ भने श्रम कार्यालय टेकुमा प्रमुख हुँदा नै फैसला गर्ने निज उदयकुमार गुप्ता श्रम विभागको दोस्रो तहका कर्मचारी निर्देशक रहेका छन् । महानिर्देशक लालमणि ओझाबाट निर्देशनको विरुद्ध अन्यायपूर्ण तरिकाबाट २०७० सालदेखिकै एकलौटी हिसाबमा र पीडित मजदुरहरुको खिलाफ होटल डेला अन्नपूर्णको पक्षमा मन्त्रीको तोक आदेश सचिवको निर्देशनविरुद्ध एकलौटी ढंगले निर्णय गरेका छन् । जसले यो लोकतान्त्रिक जननिर्वाचित सरकारकै आदेश नमानी मजदुरहरुलाई आत्महत्या गर्न बाध्य पार्ने किसिमको अमानवीय व्यवहार गर्दै आएको छ ।

निज गुप्तालाई श्रम कार्यालय टेकुमै रहँदा पीडित मजदुरहरुले मजदुरमारा फैसलाको बेवास्ता गरेका कारण हातपात गरी शौचालयमा थुन्ने काम समेत गरेका पीडित मजदुरहरुले बताएका छन् । २०७६ साउन ३ गते श्रम मन्त्रीले तोक आदेशमा होटल डेला अन्नपूर्णको नाममा नौ सय २२ जना पीडित मजदुरको नाममा परिपत्र गरिदिनू भनेर श्रम विभागमा पठाएपनि मन्त्री, सचिवको निर्देशन र नेपालकै कानुनको खिलाफ श्रम विभागको दोस्रो निर्देशक गुप्ताबाट चुनौती दिएको देखिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com