एफ१ सफ्ट शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गर्दै

काठमाडौं, साउन २९
सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको आइटी कम्पनी एफ१ सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफ१ सफ्ट ग्रुपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो । नेपालको आइटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफ१ सफ्टले कलेजमा लगानी विस्तार गरेको हो । बीसीए र बीएससी सीएसआइटी अध्ययन हुने कलेजमा एफ१ सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी ट्रेनिङ दिनेछ ।

साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्टर्नसिप गराएर दक्ष बनाइ एफ१ सफ्ट ग्रुपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । आइटीसँग सम्बन्धित पढाइ हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफ१ सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । एफ१ सफ्ट गु्रपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभूति हुने हुनाले कम्पनी, कलेज र विद्यार्थी सबैलाई फाइदा हुने बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ । कलेजमा अहिले भर्नाका लागि फर्म वितरण सुरू भएको छ । अनुभवी शिक्षक तथा एफ१ सफ्ट गु्रपबाट नियमित प्रोफशनल ट्रेनिङ हुने भएकाले दक्ष जनशक्ति उत्पादनमा ठुलो सफलता मिल्ने अपेक्षा गरिएको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफ१ सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफ१सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ । एफ१ सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com