भीभो एस१ नेपाली बजारमा

काठमाडौं, साउन २९
भीभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भीभो एस१ नेपाली बजारका लागि आधिकारिक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्यागलाइन राखेको छ, जसले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई प्रतिनिधित्व गर्दछ, जो उत्साहित, स्टायलिस र सधैं नयाँ ट्रेण्डलाई आत्मसात् गर्ने किसिमका हुन्छन् ।

भीभो एस१ स्मार्टफोन स्क्रिन टच आईडी, सुपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहित आउँछ । यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ । ‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो, जसले नेपाली उपभोक्ताहरुको बढिरहेको विभिन्न आवश्यकताहरुलाई पूर्ति गर्दछ । भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ताहरु जो स्टायलिस स्मार्टफोन चाहन्छन र उनीहरुको लाईफस्टायलसँग मिल्ने फीचरहरु खोज्ने गरेको पाईएको छ,’ भीभो नेपालका जनरल म्यानेजर मार्सले भने ।

बजार निर्देशक ग्याभिनले भने, ‘भीभो एस१ ले स्मार्टफोन छनौट गरिरहेका युवा उपभोक्ताहरुको विशेषताहरुलाई समाहित गरेको छ, जुन स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रिनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स, र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ । भीभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रिन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन् । यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाइलो बनाउँछ ।’ भीभो एस१ मा ६ जीबी -याम र १२८ जीबीको आन्तरिक स्टोरज(रोम) रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ ।

पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस१ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्युल इन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ । उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भीभो एस१ लामो समयसम्म सक्रिय रहने युवा उपभोक्ताहरुका लागि विभिन्न तरिकाले सहयोगी हुन तयार छ । भीभो एस१ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ ।

भीभो एस१ले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाइफ पनि बचाउँछ । भीभो एस१ आधिकारीकरुपमा नेपाली बजारमा ३४ हजार छ सय ९० रुपैयाँमा उपलब्ध रहेको छ । उपभोक्ताहरुले आफ्नो नजिकको कुनैपनि मोबाइल रिटेल पसलमा गएर भीभो एस१ खरिद गर्न सक्नेछन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com