पशुपतिनाथमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, साउन २९
वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्यशिविर, फलफुलजुसलगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, नेपाल भारतमैत्री अस्पताल, मित्रपार्क, काठमाडौं वृज सिमेन्टको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १ सय ५० जना बिभिन्न स्वयंसेवकहरुद्वारा आठ स्थानमा सेवा प्रदान गरिएको थियो । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्यशिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो ।

उक्त्त स्वास्थ्यशिविरमा करिब दुई हजारभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरहरुमा पूजाअर्चना गरिन्छ र सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेसीलगायत देशभरका विभिन्न स्थानमा पूजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कम्पनीले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com