नगरपालिकाका सडकमा एक हप्तापछि सौर्यबत्ती बल्ने

काठमाडौं, साउन २९
जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाका सडकहरूमा एक हप्ताभित्र सडक सौर्यबत्ती बल्ने भएको छ । नगरपालिकाको उज्यालो नगर अभियानअन्तर्गत नगरपालिकाका सबै वडाका सडकको मुख्य स्थानमा सडक सौर्य बत्ती जडानको काम अन्तिम चरणमा पुगेकोले प्राविधिक चेकजाँचपछि एक हप्ताभित्र सबै वडाका सौर्य सडक बत्ती बल्ने भएसँगै त्यहाँका सडक अन्धकारमुक्त हुनेभएका हुन् ।

नगरपालिकाको उज्यालो अभियानअन्तर्गत एक करोड २३ लाख लागतमा एक सय ५० वटा सडक सौर्यबत्ती खरिद गरेर १५ वटै वडाका सडकहरूमा सुरु गरिएको जडान कार्य लगभग अन्तिम चरणमा पुगेको नगर प्रमुख दिपनारायण रिजालले बताएका छन् । अँध्यारोका कारण हुने सवारी दुर्घटना, रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई सहजता, तथा नगरभित्र हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सडक सौर्यबत्ती जडान गरिएको नगरप्रमुख रिजालले बताए ।

सडकबत्तीको अभावमा नगरपालिकाभित्रका सडकमा सवारी दुर्घटना हुने साथै आपराधिक क्रियाकलापसमेत हुनेगरेकोले त्यसलाई न्यूनीकरण गर्न सडक सौर्यबत्ती जडान गरिएको हो । नगरपालिकाले यस अभियानअन्तर्गत पहिलो चरणमा व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि र बाक्लो मानव बस्ती रहेको ठाउँहरूमा बत्ती जडान गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको यस नगरपालिकालाई सुरक्षित र सभ्य नगर बनाउने अभियानअन्तर्गत सडक सौर्यबत्ती जडान गर्न हाल नगरपालिकाका विभिन्न स्थानमा पोल ठड्याउने, सोलार प्यानेल र बत्ती राख्ने काम भइरहेको छ ।

दुई सय वाट क्षमताको सोलार प्यानेल र १२ भोल्टको ब्याट्रीसहित ४० वाट क्षमताको बल्ब फलामे पोलमा जडान गरिनेछ । यसका लागि प्रतिबत्ती ७८ हजार खर्च हुने नगरपालिकाको भनाइ रहेको छ । स्थानीय सरकार कार्यान्वयनमा आउनुपूर्व पनि नगरपालिकाका विभिन्न ३१ स्थानमा सौर्य सडकबत्ती जडान गरिएको थियो । त्यतिबेला जडान गर्ननसकिएका बाँकी स्थानहरूमा एक सय ५० वटा बत्ती खरिद गरेर जडानको कामलाई तीव्र पारिएको छ ।

जसअन्तर्गत वडा नम्बर–१ दिक्तेलमा ५७, वडा नम्बर–२ सोल्मामा पाँच, वडा नम्बर–३ बाम्राङमा पाँच, वडा नम्बर–४ खाल्लेमा चार, वडा नम्बर–५ लफ्याङमा पाँच, वडा नम्बर–६ नेर्पामा चार, वडा नम्बर–७ दोर्पाचिउरीडाँडामा चारवटा बत्ती जडान गरिनेछ । यस्तै, वडा नम्बर–८ दोर्पाबुवालुङमा सात, वडा नम्बर–९ निर्मलीडाँडामा चारण्, वडा नम्बर–१० पाथेकामा छ, वडा नम्बर–११ खार्मीमा पाँच, वडा नम्बर–१२ जालपामा छ, वडा नम्बर–१३ नुनथलामा १५, वडा नम्बर–१४ बुइपामा १५ र वडा नम्बर–१५ विजयखर्कमा नौवटा सडक सौर्यबत्ती जडानको काम भइरहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com