क्वालिटीको चाउमिन बजारमा

बिराटनगर, साउन २८
क्वालिटी थाई फुड्सले आफ्नो नयाँ उत्पादन ‘१२३ चाउमिन’ बजारमा ल्याएको छ । करिब तीन दशकदेखि तयारी खाद्यपदार्थ उत्पादन गर्दै आएको काबरा ग्रुपको क्वालिटी थाई फुड्स प्रालिले पछिल्लो समय नेपालमा नै पहिलोपटक अत्याधुनिक स्वस्थ प्रविधिबाट आफ्नो नयाँ उत्पादन १२३ चाउमिन बजारमा ल्याएको हो । कम्पनीले अत्याधुनिक कोरियन प्रविधिको स्वचालित मेसिनबाट उत्पादित चाउमिन बजारमा ल्याएको जनाएको छ । बजारमा मानिसले हातले बनाएको प्रदूषित र भिजेको, बोसो, अजिना तथा सोडियम लगायतका रासायनिक पदार्थ प्रयोग गरी बनाइएको अस्वस्थकर चाउमिन उपलब्ध भइरहेका बेला क्वालिटीले यस्तो चाउमिनको उत्पादन सुरु गरेको हो । १२३ चाउमिन पूर्णरुपमा स्वस्थकर र पूर्ण आधुनिक कोरियन मेसिनबाट उत्पादन र ड्राइङ प्रविधिबाट सुकाएका कारण समेत स्वादिष्ट रहेको कम्पनीको दाबी छ ।

कम्पनीले सबै उमेर समूहको स्वादलाई ध्यानमा राखी शाकाहारी र मांसाहारी दुवैले प्रयोग गर्न मिल्ने चाउमिनको उत्पादन गरेको बताएको छ । साथै होटल रेस्टुरेन्टमा पाइने स्वादमा घरमै बनाउन सकिने समेत जनाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयबाट जाँचपास गराएर उत्पादित चाउमिनमा कुनै प्रकारको तेलको प्रयोग नभएका कारण समेत अझ स्वस्थकर रहेको कम्पनीको दाबी छ । थाई फुड्सले उत्पादन गर्दै आएको १२३, बुलेट, ताईपाईलगायतका चाउचाउ तथा विभिन्न ५० भन्दा बढी ब्राण्डका स्नाक्सले आम उपभोक्ताको मन जित्दै आएको कम्पनीको दाबी रहेको छ । यसैगरी पछिल्लो समयमा उद्योगले म्याक्पा, पिज्जो र टुल्के ब्राण्डको पुर्णरुपमा सुजी मात्र प्रयोग गरिएको खाजाको रुपमा प्रयोग हुने पास्ता बजारमा ल्याएको छ । छिटोमिठो ब्राण्डका आधुनिक र आर्कषक प्याकमा फुरनदाना र झालमुडी उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com