सोलुखुम्बुका तीन सरकारी कार्यालयको वेबसाइट अद्यावधिक हुनसकेन

महेन्द्र शाही
सोलुखुम्बु, साउन २९
सोलुखुम्बुका तीन सरकारी कार्यालयको वेबसाइट प्रयोगविहीन रहेको पाइएको छ । दुई वर्षदेखि नापी, मालपोत र शिक्षा विकास तथा समन्वय इकाईको वेबसाइट अपडेट नगरेको पाइएको हो । शिक्षा विकास तथा समन्वय इकाई बनिसकेको कार्यालयको वेबसाइटमा अझै पनि जिल्ला शिक्षा कार्यालय नामकै वेभसाईट रहेको छ । कार्यालयको नामा परिवर्तन भएको पनि एक वर्ष पूरा भइसेकेको अवस्थामा कार्यालयको पुरानै वेबसाइट देखाइरहेको छ । कार्यालयको प्रमुखकका रूपमा तत्कालीन जिल्लाशिक्षा अधिकारी डिकबहादुर राई नै रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाईका भइसकेको भए पनि कुनै पनि सुचना नयाँ अपडेट भएका छैनन् ।

कार्यालयको साइटमा सूचना, सुझाव ग्यालरी, परिचय पुरानै रहेको छ । तत्कालीन कार्यालयले सञ्चालन गर्दैआएको साइटको पासवर्ड नै नभएकाले अद्यावधिक गर्न नसकिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै नापी कार्यालयको पनि वेबसाइट प्रयोगविहीन रहेको पाइएको छ । नापी विभागले वेबसाइट अपग्रेड गरिरहेकाले सूचना तथा जनाकारी अपडेट नगरेको कार्यालयले जनाएको छ । प्रविधिको यो समयमा कार्यालयका वेबसाइटहरू अद्यावधिक नगर्नु कतिको सान्दर्भिक होला ? नापी कार्यालयका निमित्त प्रमुख सिकेश कोईरालाका अनुसार नापी विभागले वेबसाइट प्रयोग गर्नका लागि अनुमति दिएपछि चलाउने बताए ।

विभागबाट निर्देशन र पासवर्ड पाएपछि आफूले वेबसाइट अद्यावधिक गर्ने उनको भनाइ छ । त्यस्तै मालपोत कार्यालयको वेबसाइटका सबै कोलमहरू खाली रहेका छन् । यस विषयमा आफूलाई कुनै जानकारी नभएको मालपोत कार्यालय सोलुखुम्बुका प्रमुख दिपक निरौलाको भनाइ छ । अनलाइन प्रणालिबाट सेवा प्रदान गर्ने विषयमा कुरा भइरहेको र त्यससँगै वेबसाइट पनि पुनः अद्यावधिक गराउने उनले जनाए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com