बैंकिङ क्षेत्रको चुक्ता पँजी तीन खर्ब दुई अर्ब

काठमाडौं, साउन २९
बैैंकिङ क्षेत्रको चुक्ता पुँजी बढेर तीन खर्ब दुई अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुँजी वृद्धि सम्वन्धी व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा आएसंगै आव २०७५—०७६ को ११ महिनासम्मको २८ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३२ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनी सहित ८४ वटा संस्थाले उक्त अनुपातमा चुक्ता पुँजी कायम गरेका हुन् ।

सो वाणिज्य बैंकहरुको मात्र कुल चुक्ता पुँजी दुई खर्ब ४८ अर्ब ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार आव २०७५/०७६ को ११ महिनामा वाणिज्य बैंकहरुले मात्र २७ खर्ब ६० अर्ब ९१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब ८० अर्ब ५९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुले ३९ अर्ब ८८ करोड ३० लाख रुपैयाँ चुुक्ता पुँजी कायम गरेका छन् । सो आधारमा आव २०७५/०७६ को पछिल्लो अवधिमा विकास बैंकहरुले तीन खर्ब ७६ अर्ब ९० करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३७ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने १४ अर्ब ४३ कारेड ३० लाख रुपैयाँ पुगेको छ । फाइनान्सहरुले आव २०७५—०७६ को पछिल्लो ११ महिनामा ७१ अर्ब ८६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तीन समुहका बैंक तथा फाइनान्स कम्पनीहरुले भने उक्त अवधिमा ३२ खर्ब नौ अर्ब ६८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ८६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसअवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने चार हजार नौ सय ९४ वटा पुगेको छ । सो मध्ये वाणिज्य बैंकको तीन हजार पाँच सय ३९, विकास बैंकको १२ सय ५० र फाइनान्स कम्पनीहरुको दुई सय पाँच वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या तीन हजार एक सय ८८ वटा पुगेको छ । सो मध्ये वाणिज्य बैंकहरुको दुई हजार आठ सय ५८, विकास बैंकहरुको दुई सय ८२ र फाइनान्स कम्पनीहरुको ४८ वटा एटीएम काउन्टर सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com