तामाकोशी तेस्रोको क्षमता नघटाउन ऊर्जामन्त्रीसँग स्थानीय जनप्रतिनिधिको माग

सुबास बस्नेत
दोलखा, साउन २९
दोलखाको तामाकोशी नदीमा निर्माण हुनलागेको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता नघटाउन दोलखाका जनप्रतिनिधिहरूले ऊर्जामन्त्री वर्षमान पुनसँग माग गरेका छन् । ऊर्जामन्त्री पुनलाई मंगलबार भेटघाट गर्दै उनीहरूले तामाकोशी तेस्रोको क्षमता नघटाउन माग गरेका हुन् । ऊर्जामन्त्री वर्षमान पुनले क्षमता घटाउनेबारे ऊर्जा मन्त्रालयले कुनै निर्णय नगरेको बताएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।

मन्त्री पुनले जलविद्युत् आयोजना क्षमता घटाएर अनुमति नदिएको र छ सय ५० मेघावटमा नै जलविद्युत् निर्माण गर्नेगरी अध्ययनको लागि नेपाली कम्पनी टीबीआई होल्डिंग्सले चिनियाँ कम्पनीसँग लगानी जुटाउनलागेको ऊर्जामन्त्री पुनले बताएको प्रमुख पाण्डेले जानकारी दिए । तर ऊर्जा मन्त्रालयले यसअघि दुई चिनियाँ कम्पनीले नेपाली टीबीआई होल्डिंग्सँग मिलेर संयुक्तरूपमा तामाकोशी तेस्रो जलविद्युत् परियोजना निर्माण गर्ने सम्झौता गरिसकेको छ । तामाकोशी तेस्रो दुई सय मेगावाट निर्माण गर्नेगरी सम्झौता भएको चिनियाँ समाचार एजेन्सीले जनाएपछि नेपाली मिडियामा समाचार प्रकाशन तथा प्रशारण भएको थियो । 

सम्झौतामा छ सय ५० मेघावटको जलविद्युत् आयोजना घटाएर दुई सय मेघावटमा सम्झौता भएको समाचार आएपछि दोलखाका स्थानीय संघसंस्थाहरूले विरोध गरेका थिए । केही साताअघि मात्रै करिब ५० करोड अमेरिकी डलर लगानी हुनेगरी यससम्बन्धी संयुक्त विकास फ्रेमवर्कसम्बन्धी सम्झौतापत्रमा ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको थियो । उक्त कार्यक्रममा दक्षिणपश्चिम चीनको युनान प्रान्तीय भाइस गभर्नर, अन्य सरकारी अधिकारी र स्टेकहोल्डर पनि उपस्थित रहेका थिए । उक्त परियोजना दुई सय मेगावाट रहेने र २०२० को सुरुबाट नै निर्माण सुरु गर्नेगरी हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त परियोजना आगामी साढे तीन वर्षभित्र पूरा हुने जनाइएको छ ।

उक्त सम्झौता भएपछि दोलखाका जनप्रतिनिधिहरूले सम्झौता खारेज गर्न भन्दै ऊर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । भेटघाटमा दोलखाबाट निर्वाचित जनप्रतिनिधिहरू संघीय तथा प्रदेशका सांसद्, स्थानीय तहका जनप्रतिनिधिहरू तथा राजनीतिक दलका नेता, तामाकोशी तेस्रो जलविद्युत् आयोजना सरोकार समितिको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com