ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड अब अनलाइनमार्फत

काठमाडौं, साउन २९
ग्लोबल आइएमई बैंकले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणालीमार्फत भर्नसक्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरूले आफ्नो क्रेडिट कार्ड लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्नेबारे जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।

बैंकले समयसापेक्षरुपमा यस्ता प्रविधिमार्फत ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे यस्तो प्रकारको योजनाहरू ल्याउने गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा प्रदान गर्नुका साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गदैआएको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्देआएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल एक सय ४० शाखा, एक सय ४८ एटीएम, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, एक सय ८१ शाखारहित बैंकिङ सेवा र ३ प्रतिनिधि/सर्म्पक कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्देआएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com