एनएमबी बैंकद्वारा ओमलाई गाभ्ने प्रस्ताव पारित

काठमाडौं, साउन २९
एनएमबी बैंकले राष्ट्रियस्तरको ओम डेभपमेन्ट बैंकलाई गाभ्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकको मंगलबार सम्पन्न भएको बिशेष साधारण सभाले एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेको हो । मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संबर्द्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्वको लागि निक्षेपकर्ता तथा लगानीकर्ताहरूको हितको संरक्षण गर्न, बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गरी आधुनिक बैंकिङ सुबिधा अझ प्रभावकारी ढंगले प्रदान गर्नसक्ने तुल्याउन, व्यवसाय र शाखा सञ्जाल विस्तार गर्न तथा बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ एनएमबीले र ओमलाई गाभ्नलागेको जानकारी दिएको छ ।

एनएमबी र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात एक सयः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका सेयरधनीहरूले ओम डेभलपमेन्ट बैंकको प्रत्येक एक सय कित्ता बराबर एनएमबी बैंकको ७६ कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् एनएमबी बैंकको कूल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः एक खर्ब १९ अर्ब र एक खर्ब १३ अर्ब रुपैयाँ पुुग्नेछ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com