महालक्ष्मी लाइफद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम

काठमाडौं, साउन २९
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता उत्प्रेरणा तथा सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चितवनको सौराहामा दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो  । श्रावण २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए । कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पूरा गरेका देशभरिका एक सय १५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरूको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरूमध्ये उत्कृष्ट १५ र १५ जनालाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धिसम्बन्धी उत्प्रेरणात्मक तालिम ट्रेनर शोभा खरेलले प्रदान गरेका थिए । गत असार मसान्तसम्ममा कम्पनीले ४७ वटा शाखार उपशाखा र २५ करोडभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । यो आर्थिक वर्षभित्र कम्पनीले थप ५० वटा शाखा र उपशाखा खोली एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्ने लक्ष्य राखेको छ । कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com