कोकाकोलाले बंगलादेशमा २० करोड डलर लगानी गर्ने

ढाका, साउन २९
पेयपदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाले आगामी पाँच वर्षभित्र बंगलादेशमा २० करोड डलर लगानी गर्ने भएको छ । बंगलादेशी अर्थमन्त्री अहमद मुस्ताफा कमलसँग कोकाकोलाका सञ्चालन अधिकृत ब्रायन स्मिथले भेटेपछि यस्तो समाचार बाहिर आएको हो । दुई अधिकारीबीच गत बिहीबार ढाकामा भेटवार्ता भएको थियो । कम्पनीले ३ हजार करोडको बंगलादेशी पेय बजारमा ठूलो हिस्सा लिने भएको हो । भेटका क्रममा ब्रायनले निर्यात कर र मूल्यअभिवृद्धि कर घटाउन पनि आग्रह गरेको द डेली स्टार अनलाइनले जनाएको छ ।

सो क्रममा अर्थमन्त्री कमलले कोकाकोलालाई बंगलादेशी सेयरबजारमा सूचीकृत हुन आग्रह गरेका थिए । कोकाकोला विश्वकै ठूलो पेय ब्रान्ड हो । कम्पनीले २०१७ मा ७ करोड ४० लाख डलरको आफ्नै प्लान्ट बंगलादेशको मिमेनसिंह र भालुकामा खोलेको थियो । बंगलादेशमा अब्दुल मोनेमले कोकाकोलाको बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले विश्वका २ सय देशमा सञ्जाल विस्तार गर्नुका साथै ५ सयभन्दा धेरै ब्रान्ड रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com