रिलायन्सको सेयरमा १० वर्षयता पहिलोपटक उच्च वृद्धि

मुम्बई, साउन २९
भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको ४२औँ वार्षिक साधारणसभासँगै कम्पनीको सेयर उच्च अंकले बढेको छ । मंगलबार कम्पनीको सेयर उच्च अंकले बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनी प्रमुख अम्बानीले १८ महिनामा कम्पनीलाई ऋणमुक्त बनाउने घोषणा गरेसँगै लगानीकर्ताहरु झुम्मिएको बताइएको छ । मंगलबार कम्पनीको सेयर १२ प्रतिशतले बढेको थियो । जुन २००९ को जनवरी यताकै उच्च वृद्धि हो । कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार ३ सय २ भारु पुगेको छ ।

योसँग कम्पनी भारतको सबैभन्दा मूल्यवान् कम्पनी बन्ने संघारमा पुगेको छ । पछिल्लो स्थितिमा कम्पनी टीसीएसभन्दा करिब १ अर्ब डलरले पछि रहेको नवभारत टाइम्सले जनाएको छ । रिलायन्सको सेयरमा उच्च वृद्धि आए पनि दोस्रो टेलिकम कम्पनीको सेयरमा भने भारी गिरावट आएको छ । एयरटेलको सेयर ४ प्रतिशतले र भोडाफोनको सेयर ५ प्रतिशतले घटेको बताइएको छ । अम्बानीले रिलायन्स ग्रुपलाई आगामी डेढ वर्षभित्र ऋणमुक्त बनाउने योजना पेस गरेका छन् । तेल, केमिकल र इन्धन खुद्रा व्यवसायमा सेयर बेचेर यो लक्ष्य पूरा गर्ने अम्बानीको योजना छ । रिलायन्ससँग अहिले २८ खर्ब ८२ अर्ब ४३ करोड भारु ऋण छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com