अत्यावश्यक सामान जोहो गर्दै बेलायती नागरिक

लण्डन, साउन २९
बेलायतीहरूले पछिल्ला केही साता एता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकहरूले अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार अक्टोबरमा बेलायत युरोपेली संघ (ईयू)बाट सम्झौताविहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीहरूले खाद्यान्न, औषधी तथा पेय पदार्थको भण्डारण गरेका छन् । बेलायतीहरूले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर सामानहरूको भण्डारण गरेका बताइएको छ । वित्तीय संस्था प्रिमियम क्रेडिटले गरेको सर्भेक्षणमा हरेक पाँच बेलायतीमध्ये एक जनाले प्रतिदिन थप ४५८ अमेरिकी डलर खर्चिने गरेका पाइएको छ ।

सामान भण्डारण गर्नेमध्ये ७४ प्रतिशतले थप खाद्यान्न किनेर राखेका बताए भने ५० प्रतिशतले औषधिसमेत किनेर राखेको बताए । यस्तै ४६ प्रतिशतले पेय पदर्थको जोहो गरेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ । प्रधानमन्त्रीमा कडा ब्रेक्जिट पक्षधर बोरिस जोनसन निर्वा्चित बनेपछि उनले इयूसँग सम्झौता भएपनि नभए पनि निर्धारित अक्टोबर ३१ मा ब्रेक्जिटको कार्यान्वयन हुने बताएका छन् । यसपछि कैयौँ बेलायती नागरिकले यदि सम्झौताविहीन अवस्थामा बेलायत ईयूबाट बाहिरिए बेलायतमा कतिपय सामानजहरूको आपूर्तिमा कमी आउनसक्ने डर भएको बताएका छन् ।

बेलायतमा उपयोग हुने ५३ प्रतिशत खाद्यान्न मात्र स्वदेशमा उत्पादन हुने र बाँकी धेरै ईयू सदस्य राष्ट्रहरूबाट आयत हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।खाद्यान्न तथा अतिआवश्यक खाद्यान्नबाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ । बेलायती कानुन कम्पनी बुडल ह्याटफिल्डले भनेको छ, ‘बेलायतमा आरामदायी विदेशी कारको किनबेचमा पनि १६ प्रतिशतले वृद्धि आएको छ भने आरामदायी विदेशी कारको आयातमा ३२ प्रतिशतले वृद्धि देखिएको छ ।’ 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com