शाकाहारी बने जलवायु परिवर्तनसँग जुध्न सकिन्छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, साउन २९
संयुक्त राष्ट्रसंघका विज्ञहरुले शाकाहारी बने विश्वमा बढिरहेको जलवायु परिवर्तनको चुनौती सामना गर्न सकिने बताएका छन् । बीबीसीका अनुसार राष्ट्रसंघको भूउपयोग तथा जलवायु परिवर्तनसम्बन्धी एक रिपोर्टले मासुको उपभोग र डायरी (दूधजन्य उत्पादन)को उपभोगले विश्वको तापक्रम बढाइरहेको देखाएको हो ।

तर वैज्ञानिकहरु तथा अधिकारीहरुले हरेक व्यक्तिलाई शाकाहार गर्न भने आग्रह नगरेको बताइएको छ । उनीहरुले धेरै मानिसले मासु खान छोड्ने हो भने जमिनको खाद्य उपयोगमा कमी आउने उनीहरुको दाबी छ । उक्त रिपोर्ट एक सय सात जना वैज्ञानिकले राष्ट्रसंघीय इन्टरगभर्नमेन्टल प्यानलको लागि तयार पारेका हुन् । धेरै जमिन प्रयोग गर्दा यसले मानिसले छाड्ने कार्बन सञ्चिति बढाउने रिपोर्टमा उल्लेख गरिएको छ । यो रिपोर्ट स्विटजरल्यान्डको जेनेभामा तयार पारिएको हो ।

उनीहरुले माटोको उर्वरा जोगाउन त्यहीअनुसारको काम गर्नुपर्ने समेत औँल्याएको एजेन्सीहरुले जनाएका छन् । मरुभूमीकरणजस्ता समस्याले विश्वमा जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको रिपोर्टमा उल्लेख गरिएको छ । केही सरकारले विश्वमा रुख डढाएर विद्युत प्रसारण गर्न प्रतिस्पर्धा गरिरहेकोमा चिन्ता समेत व्यक्त गरिएको छ । पृथ्वीको जमिनले नै मानव समाज र विश्व अर्थतन्त्रका आधारभूत माग पूरा गर्ने गरेको छ । तर मानवीय क्रियाकलापले वायुमण्डलमा ग्रिनहाउस ग्यास उत्सर्जन बढाइरहेको छ ।

यसरी सम्बन्धित छ खाना र जलवायु परिवर्तन :- जलवायु परिवर्तनले खाद्य आपूर्ति प्रणालीमा असर गर्छ । बढ्दो तापक्रम, अतिवृष्टि र अन्य अति प्रकृतिका मौसमी घटनाहरुले हाम्रो खाद्यान्न उत्पादन र पशुपक्षीमा ठूलो असर गर्ने रिपोर्टमा उल्लेख छ । तर यति भनिरहँदा खाद्यान्न उत्पादन गर्दा पनि त्यसले विश्वको तापक्रम वृद्धिमा योगदान गर्ने वैज्ञानिकहरुको कथन छ । एक भाग ग्यास उत्सर्जन त कृषि र वृक्षरोपणले पनि गर्ने उनीहरु बताउँछन् । त्यस्तै पशुपक्षीबाट उत्सर्जन हुने मिथेन ग्यास को पनि उत्तिकै योगदान रहने गर्छ ।

रिपोर्ट लेखनकर्ताहरुले बढी भएको खाद्यान्न मिल्काउने प्रवृत्ति रोक्नुपर्ने औँल्याएका छन् । फालिएका खाद्यान्न कतिपय अवस्थामा पशुपक्षीको आहारमा प्रयोग गर्न सकिने वा मानिसको आवश्यकताअनुसार प्रयोग गर्न सकिने रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै समुद्रपछि माटोले नै कार्बन ग्रहण गर्ने वैज्ञानिकहरुले बताएका छन् । जलवायु परिवर्तन चुनौती रोक्न उनीहरुले रातो मासु खाने मात्रा घटाउने र धेरै फलफूल खाने, एग्रोफरेष्ट्री अर्थात् कृषिमा आधारित वन विस्तारलाई बढावा दिने, बालीमा विविधता अपनाउने जस्ता कुराहरु गर्न सुझाएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com