अलैंची उखेलेर धान रोप्दै किसान

महेन्द्र शाही
सोलुखुम्बु, साउन ३०
सोलुखुम्बुको अलैची पकेट क्षेत्र लिखुपिकेका कृषकहरूले अलैची उखालेर धान रोप्न सुरु गरेका छन । लिखुपिके क्षेत्रमा लामो समयदेखि देखापरेको छिर्के रोगका कारण सबै अलैँची सखाप भएपछि अलैँची मासेर धान खेती सुरु गरिएको हो । कृषकहरूका अनुसार सो क्षेत्रका अधिकांश कृषकहरूले अलैँचीका बिरुवाहरू मासिसकेका छन् । धान बालीबाट भन्दा अलैँचीबाट मनग्य आम्दानी हुने भएपछि धान खेत मासेर अलैँची लगाएका हुन् । करिब दुई वर्षदेखि देखापरेको छिर्केफुर्के रोगको उपचार विधि नभएकाले किसानहरू पुनः धान खेतीमै फर्किएको कृषक प्रेमबहादुर बस्नेतको भनाइ छ । सो क्षेत्रमा करिब ८५ प्रतिशत अलैचीका बिरुवा मरिसकेको कृषक दिपबहादुर बस्नेतले बताए । छिर्केफुर्के रोगले अलैँचीको बोट पहेँलो हुने, फल नलागूने र बिरुवा नै मर्नेगरेको किसानहरूले बताएका छन् । यता कृषि विशेषज्ञहरूले माटोमा अम्लियपन देखा परेकाले अलैँचीको बिरुवा सबै नाश गरी तीन वर्षपछि मात्र नयाँ बिरुवा लगाउन सुझाव दिएका छन् । अलैँची रोपेको स्थानहरूमा उत्तिस, सल्लालगायतका बिरुवासमेत हुर्कँदै गएकाले अन्य खेती गर्नसमेत समस्या भएको कृषकको भनाइ छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com