लामोसाँघु जिरी सडकखण्डका ठेकेदारलाई १५ करोड जरिवाना

सुबास बस्नेत
दोलखा, साउन ३१
संघीय राजधानी काठमाडौँबाट सिन्धुपाल्चोक हुँदै दोलाखा जाने लामोसाँघु जिरी सडकखण्डका ठेकेदारलाई १५ करोड जरिवाना तोकिएको छ । सडक विस्तारको काम समयमै सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई जरिवाना तोकेको हो । कूल ठेक्का रकमको १० प्रतिशत रकम दरले दुई ठेकेदार कम्पनीलाई जरिवाना लगाइएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर धर्मेन्द्र झाले जानकारी दिए । तीव्ररूपमा काम सम्पन्न गर्नको लागि पटकपटक ताकेता गर्दासमेत काम नगरेकाले निर्माण कम्पनीलाई जरिवाना तोक्न बाध्य भएको उनले बताए ।

दोलखा जिल्लाको लाईफलाइनको रूपमा लिएको यो सडक निर्माणमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । निर्माण कम्पनीको ढिलासुस्तीकै कारणले वर्षामा हिलाम्य र हिउँदमा धुलो सडकमा सर्वसाधारण यात्रा गर्न बाध्य छन् । सडक डिभिजन कार्यालयले तल्लो खण्डको ठेकेदार सिमाञ्चल गौरी पार्वती सुनौला खिम्ती जेभीलाई ५४ करोडको पाँच करोड ४० लाख र माथिल्लो खण्डको ठेकेदार शकिल हैदर सुनौला खिम्ती शंकरमालीको ९५ करोडको १० प्रतिशतले हुनआउने नौ करोड ५० लाख रकम जरिवाना लगाइएको हो ।

ठेक्काको बिलबाटै जरिवाना रकम असुल गरिने डिभिजन कार्यालयका प्रमुख झाले जनाए सिन्धुपाल्चोकको खाडिचौर हुँदै दोलखा र आसपासका जिल्लामा जाने सडक निर्माण कम्पनीको बेवास्ताकै कारणले दुर्गति भएको छ । खाडिचौरदेखि दोलखाको चरिकोटसम्म करिब साढे दुई घण्टा लाग्ने बाटोमा हिलोकै कारण दिनभर लाग्नेगरेको छ । सडक निर्माणमा निर्माण कम्पनीले लापरबाही गरेकै कारणले सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com