एसियाली देशहरुमा कृषिबजार बिचौलियाको कब्जामा

काठमाडौं, साउन ३१
एसियाली देशहरुमा कृषिबजार बिचौलियाको कब्जामा रहेको विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रि युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एशियन कृषि समिट तथा प्रदर्शनीमा उनीहरुले कृषिबजार बिचौलियाको कब्जामा रहेको र यसबाट मुक्त नगरिए कृषक तथा उपाभोक्ता सबै मारमा पर्ने बताए । एसियन कृषि समिट तथा प्रदर्शनीमा भारत, चीन, इण्डोनेसिया, बेलायत लगायतका ७ ओटा देशका सहभागीले भाग लिएका थिए । सम्मेलन १५ बुँदे काठमाडौं कृषिघोषणापत्र जारी गर्दै सकिएको छ ।

घोषणापत्रमा कृषिशिक्षा, कृषिको बजारीकरण, कृषिउत्पादन तथा कृषि उद्यमशलिता गरी चारभागमा बाडेर १५ बुँदामा समेटिएको छ । नेपाल लगायतका एसियान देशहरुमा कृषि शिक्षा व्यवहारिका भन्दा सैद्धान्तिक बढी भएकाले युवाहरु बेरोजगार बढेको घोषणापत्रमा उल्लेख छ । कृषिलाई आधुनिकीकरण, व्यसायीकरणतथा सम्मानित पेशाको रुपमा अबलम्बन गर्न उचित कार्यक्रम बनाउन सरकासँग माग गरिएको छ । कृषि उत्पादनसँगै बजारीकरणको समस्या देखिनुमा सरकारहरुले लिएका नीति नै मुख्य जिम्मेवार भएको रहेको जनाइएको छ ।

सरकारले बनाएका नीति किसान तथा व्यवसायीमैत्री नभएकोले उत्पादनमा कमी र बजारीकरणमा समस्या आएको उल्लेख छ । नेपाल लगायतका कम विकसित देशहरुमा कृषिबजार बिचौलिया तथा दलालको कब्जामा रहेको उल्लेख छ । तर सरकारले उचित पहल नगर्दा कसानहरु मारमा परेको जनाइएको छ । नेपाल भारत लगायतका देशहरुमा कृषिमा हानीकारक विषादी प्रयोगसँगै उपभोक्ताको स्वास्थ्यमा असर बढ्दो भएकाले सरकारलाई उचित कदम चाल्न आह्वान गरिएको छ । कृषिमा युवा सहभागितामा बढावा ल्याउनका लागि सरकारले उचित नीति, कार्यक्रम तथा लगानी गर्न सबै सरकारसँग आग्रह गरिएको छ । घोषणापत्रमा कृषि उत्पादन, बजारीकरण र उद्यमशीलतामा लगानी गर्न सरकार, नीजि कम्पनि, दातृ निकाय, संयुक्त राष्ट्रसंघ लगायतका सरोकारवालाई निकायलाई आह्वान गरेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com