कोका–कोला क्यापमा कार अफर

काठमाडौं, साउन ३१
कोका–कोला नेपालले उपभोक्ताहरुलाई यस वर्षकै सबैभन्दा ठुलो प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । कोका–कोला ब्राण्ड सधैभरि उपभोक्ताहरुसँग अनुपम क्यामपेनको माध्यमबाट जोडिदै आइरहेको छ साथै उपभोक्ताहरुलाई रोमाञ्चक तथा अविस्मरणीय अनुभवहरु प्रदान गर्दै आइरहेको छ । यस पटक कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरेको छ ।

प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर यसको मज्जा लिनुका साथै लक्की ड्रका लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिने कम्पनीले जनाएको छ । कम्पनीका उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् ।

यस क्यामपेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपश्चात् मात्र बम्पर लक्की ड्र का लागि पठाइने कम्पनीले जनाएको छ । उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिने बताईएको छ । उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्ने हुन्छ । यस योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com