ग्यालेक्सी नोट १० को प्रि–बुकिङ खुल्ला

काठमाडौं, साउन ३१
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट १० को प्रिबुकिङ खुल्ला गरेको छ । कम्पनीले नोट १० नेपाली बजारमा ल्याउन लागेको जनाएको छ । ग्यालेक्सी नोट १० तथा ग्यालेक्सी नोट १० प्लस फोन पाँच हजार रुपैयाँको डिपोजिट गरी प्रि बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी नोट १० को मूल्य एक लाख १६ हजार रुपैयाँ तथा ग्यालेक्सी नोट १० प्लसको मुल्य एक लाख ३५ हजार रुपैयाँ तोकेको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग अगस्ट महिनाको १२ तारिख देखि २३ तारिखसम्म खुल्ला गरिएको कम्पनीले जनाएको छ । नोट १० दुई वटा रंगमा र नोट १० प्लस तीन वटा रंगमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यसका अतिरिक्त प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले निःशुल्क रुपमा ग्यालेक्सी वुड्स वा १२ हजार रुपैयाँमा ग्यालेक्सी एक्टिभ वाच वा १२ हजार रुपैयाँमा २४ इन्चको कर्भड मोनिटरमध्ये कुनै एक छनौट गरी प्राप्त गर्न सकिने बताईएको छ । यसको साथै टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशतसम्म छुट, केजिएच ग्रुपका होटलका रुमहरुमा पाँच हजार रुपैयाँसम्मको छुट, बयोदा हस्पिटलमा १५ प्रतिशतसम्मको छुट, लेट मिइन को सेवामा २० प्रतिशतसम्मको छुट तथा एस ट्राभल्समा १० प्रतिशतसम्मको छुट पाइने कम्पनीले जनाएको छ ।

सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने बताएको छ । कम्पनीले लक्की ड्र मा प्रथम हुनेलाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो र तेस्रो विजेताहरुले ग्यालेक्सी वाच एक्टिभ पाउनेछन् भने चौथो र पाचौं हुुने व्यक्तिहरुका दम्पतीलाई हिमालयन फ्रन्र्टमा २ रात बस्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । त्यसै गरी छैठौं विजेताले लेट मिइनको पाँच हजार रुपैयाँ वरावरको दुईवटा कुपन प्राप्त गर्नेछन् ।

ग्यालेक्सी नोट शृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गरेको छ, ग्यालेक्सी नोट १० संँग, सामसङ प्रयोगकर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । नोट १० को सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभवप्रदान गर्ने कम्पनीको दाबी छ । ग्यालेक्सी नोट १० मोबाइलफोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रिबन्न पुगेको कम्पनीको भनाई छ । ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ ।

भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मन परेको टिभी, मुभितथा गेम खेल्न सक्नेछन् । यसमा प्रयोग भएको नयाँप्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजनले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता समेत प्रदान गर्ने कम्पनीको भनाई रहेको छ । ग्यालेक्सी नोट १० को साथ सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरु लिन पनि सक्नेछन् । यसमा भएको एडभान्स इमेजिङ्गप्रविधि र सफ्टवेरहरुले भिडियोग्राफी र फोटो ग्राफिलाई नयाँ तहमा पु-याउन मद्दत गर्दछ ।

नोट प्रयोगकर्ताहरुले यस फोनको प्रयोगबाट कुराकानी मात्र नभई बृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरुको लागि आवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथ आकर्षक इलुस्ट्रेशन आदि गर्न विशेष सहयोग पु-याउने छ । यसको लागि नयाँ इन्जिनियरिङ्गका साथ ग्यालेक्सी नोट १० मा टप–टायर हार्डवेर एवं नयाँ सुविधाहरु प्रयोग गरिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com