श्रीले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं, साउन ३१
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनी श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रियस्थलमा उडानका लागि अनुमति दिएको बताएका छन् । चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा उनले श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको बताए ।

उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाभन्दा धेरै सुधार भइरहेको जानकारी दिए । । मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएकासरह सबै सुविधा हुने दाबी गरे । उनले यहीवर्षको डिसेम्बरसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँदै समयमै विमानस्थल निर्माणसम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन नदिएको बताए । मन्त्री भट्टराईले नेपालमा हवाइ इन्धनको उच्च मूल्यका कारण टिकट महङ्गो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । यूरोपियन यूनियन (इयु)ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु परेको कारण केही नभएको भन्दै उनले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको बताए ।

हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालका हवाई औषत भन्दा सम्बन्धित निकायलाई राम्रो देखाएको भन्दै ईयूले बन्देज हटाउनुपर्नेमा विशेष जोड दिए । कार्यक्रममा नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले युरोपियन यूनियनले लगाएको बाधाले नेपालमा पर्यटनको असर परेको बताए । उनले मूल्यमा कार्टेलिङ हुँदा हवाइ टिकट भाडा महंगो भै चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको बताए । उनले सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शूल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने बताए ।

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ्ग, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले ट्राभल एजेन्सिका लागि गाडी र गाडीमा प्रयोग हुने इन्धन नै कच्चापदार्थ भएकोले पर्यटन प्रवर्द्धन गर्न गाडी आयातको भन्सारदरमा छुट दिनुपर्ने बताए । उनले सरकारले उद्योगलाई एक तहमुनि भन्सार छुट दिएजस्तै इन्धनमा भ्याट छुट दिइनुपर्ने बताए ।

यसबाट लागत बढेकाले सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरे । अध्यक्ष श्रेष्ठले ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सिले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुदा सहलियत दिनुपर्ने बताए । कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com