सुप्रिम बचतको साधारणसभा

काठमाडौं, भदौ १
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको नवौं साधारणसभा संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९ सय ६८ जना सदस्यबाट ५ करोड २६ लाख ५५ हजार सेयर पुँजी संकलन गरेको थियो । सोही अवधिमा संस्थाले २२ करोड २० लाख ५८ हजार निक्षेप संकलन, २० करोड ६९ लाख ४४ हजार र संस्थाले ४ करोड ९४ लाख २४ हजार कुल आम्दानी गर्न सफल भएको छ । संस्थाको विभिन्न कोषमा १ करोड २७ लाख ५० हजार रहेको छ ।

संस्थाले यस अवधिमा १ करोड ६१ लाख ५७ हजार नेपाल सरकारलाई राजस्व दाखिला गरेको छ । संस्थाको भाखा नाघेको कर्जा शून्य प्रतिशत रहेको संस्थाका अध्यक्ष शिवदीप लोहनीले जानकारी दिए । सभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट सदस्यहरुलाई सेयर लाभांश र कर्मचारीलाई बोनस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारणसभाले १६ वटा प्रस्तावमाथि छलफल गर्दै सदस्यबाट पारित गरेको छ । देशको विद्यमान अन्योलपूर्ण आर्थिक, सामाजिक तथा राजनैतिक अवस्था एवं लगानीयोग्य पुँजीको अभाव रहेको अध्यक्ष लोहनीको भनाइ थियो । विभिन्न कठिनाइको बाबजुद पनि संस्थाले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको उनले बताए ।

संस्थाको मुख्य कार्यालय ललितपुरको महालक्ष्मीस्थानका साथै काठमाडौं महानगर–९ बत्तीसपुतली र भक्तपुरको मध्यपुरथिमि–३ कौशलटारमा सदस्य सेवाकेन्द्र खोली सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न बचत योजना, छिटो र छरितो कर्जा तथा सापटी, ३ सय ६५ दिनै कारोबार, सन्ध्याकालीन काउण्टर, विप्रेषण, बिल भुक्तानी, रिचार्जको व्यवस्था, एसएमएस सेवालगायत उच्चस्तरको प्रविधियुक्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको ललितपुर–१५ महालक्ष्मीस्थानमा आफ्नै सुविधासम्पन्न भवन समेत रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com