नयाँ ‘सामसुङ आर सिरिज’ टिभी अब नेपालमा

काठमाडौं, भदौ १
सामसुङले आर सिरिजअन्तर्गत नयाँ स्मार्ट टिभीहरु बजारमा प्रस्तुत गरेको छ । यी टिभीहरुमा विभिन्न सुविधाहरु उपलब्ध रहेका छन् । पर्सनल कम्प्युटर, म्युजिक सिस्टम, होम क्लाउड, लाभइभ कास्ट एवं टु वे सेयरिङ्ग जस्ता सुविधाहरु यी टिभीहरुबाट लिन सकिन्छ । यसअघि कहिल्यै उपलब्ध नभएका सुविधाहरु यी स्मार्ट टिभीहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सामसुङले आर सिरिजका टिभिहरुका खरिदमा सामसुङको स्मार्ट फोन निःशुल्क प्रदान गर्ने योजना एक हप्ताको लागि प्रस्तुत गरेको छ । सामसुङ ७५ इन्च आरयू७१०० को खरिदमा सामसुङ ग्यालेक्सी एस १० पाउने कम्पनीले जनाएको छ । त्यस्तै ५५ इनच आरयू७१०० को खरिदमा सामसुङ ग्यालेक्सी ए५० र ४९ तथा ४३ इन्च आरयू७१०० को खरिदमा सामसुङ ग्यालेक्सी ए३० र ए२० पाउने कम्पनीले जनाएको छ । यो योजना सामसुङका डिलरहरुमार्फत नेपाल अधिराज्यभर लागू गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार कम्पनी लि. द्वारा आफ्ना आधिकारिक डिलर नेटवर्कमार्फत अगस्ट १५ तारिखदेखि २२ तारिखसम्म यो योजना जारी गरिएको बताइएको छ । आकर्षक सुविधायुक्त नयाँ स्मार्ट टिभीहरुको पिक्चर क्वालिटी उत्कृष्ट रहेको छ । अल्ट्रा पिक्स प्रविधियुक्त अल्ट्रा हाई डेफिनिसन फोर के टिभी जीवन्त कलर, कन्स्ट्रास्ट लेभलजस्ता कुराहरुले अझै उच्चस्तरीय बनाइदिएको कम्पनीले बताएको छ । आर सिरिजले नयाँ अनुभव प्रदान गर्नेछ, यसले टिभीलाई ल्यापटपजस्तै वा पर्सनल कम्प्युटरको जस्तै अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यस टिभीमा ल्यापटपजस्तै माइक्रोसफ्ट अफिस ३६५ को सेवा पनि रहेको छ ।

आर सिरिजले सांगीतिक अनुभवको जीवन्तता प्रदान गरी भर्चुअल म्युजिक सिस्टमको अनुभव पनि प्रदान गर्दछ साथै यसले स्मार्टफोनमा भएका फोटोहरुलाई स्वतः टिभीमा ट्रान्सफर गर्ने सुविधा प्रदान गर्दछ । यसमा आफ्ना विषय वस्तुहरुलाई ठूलो स्क्रिनमा हेर्ने सुविधा पनि प्राप्त हुन्छ । त्यसैगरी लाइभ कास्ट सुविधाले आफू जहाँ भए पनि आफ्नो स्मार्ट टिभीमा लाइभ आउनसक्ने सुविधा प्रदान गर्दछ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com