अन्तर्राष्ट्रिय रनवे ‘डेब्यु २०१९ फेसन शो’ आयोजना हुने

काठमाडौं, भदौ १
अन्तर्राष्ट्रिय रनवे ‘डेब्यु २०१९ फेसन शो’को आयोजना हुने भएको छ । कासा प्रालिले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै भदौ १३ गते पाटन दरबार संग्रहालयमा उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । फेसन शोमा नेपाललगायत अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न देशका मोडलहरुले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा मिस नेपाल २०१८ का विजेताहरु (मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य र मिस नेपाल सुप्रानेशनल २०१८ महिमा सिंह) पहिलोपटक एउटै -याम्पमा सहभागिता जनाइरहेका छन् ।

त्यस्तै मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ, मिस नेपाल वल्र्ड २०१७ निकिता चण्दकले समेत सहभागिता जनाउनेछन् । एसियाज नेक्स्ट टप मोडल र किंगफिसर मोडल आस्था पोख्रेल, इन्डियाज नेक्स्ट टप मोडल सविता कार्की र मोडल सन्दिपा लिम्बूको समेत सहभागिता रहने उक्त कार्यक्रममा पहिलो नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा पनि देखिनेछिन् ।

कार्यक्रममा अफिसियल केरियोग्राफरको रुपमा आस्था पोख्रेल तथा अफिसियल फेसन फोटोग्राफरको रुपमा मिलन लामाले भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रियस्तरबाट फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोता एनी कुकोहोभी, इण्डोनेसियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया २०१८ मेल्बाइमा न्युलाका साथै मिस अर्थ इन्डिया २०१८ निशी भारद्वाज तथा मिस एसिया तथा भारतीय मोडल रेवती क्षेत्रीको सहभागिता रहने बताइएको छ ।

विश्वकै ठूलो फेसन हाउस, जीयूसीसीआईका अफिसिल फटोग्राफर मेनुयल स्क्रिमा फेसन शोमा विशेष अतिथि रहनेछन् । विश्वसम्पदा सूचीमा सूचीकृत पाटनको संग्रहालयभित्र यस प्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरी नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com