कामना सेवा विकास बैंकको निक्षेपम ४५ प्रतिशतले वृद्धि

काठमाडौं, भदौ १
कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गरेको छ । बैंकले गत आव २०७४/०७५ मा निक्षेप १५ अर्ब ७५ करोड रहेकोमा ४५ दशमलव ८७ प्रतिशतले वृद्धि भई २२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यसैगरी कर्जातर्फ अघिल्लो आवमा १३ अर्ब २० करोड रुपैयाँ रहेकोमा ५२ दसमलाव ८६ प्रतिशतले वृद्धि गरी २० अर्ब १८ अर्ब रुपैयाँ लगानी गरेको छ । हाल दुई अर्ब ५४ करोड रुपैयाँ रहेको चुक्ता पुंजी रहेको बैंकको जगेडा कोषमा ५० करोड ३८ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ६९ प्रतिशतले वृद्धि भई ८८ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने गत आव मा बैंकको निष्कृय कर्जा एक दशमलव १३ प्रतिशत रहेकोमा हाल शून्य दशमलव ९० प्रतिशत कायम गर्न सफल भएको छ । आव २०७५/०७६ को असार मसान्तमा बैंकको पुँजीकोष अनुपात १७ दशमलव तीन प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३ दशमलव ७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११ दशमलव ६८ गुणा, प्रति शेयर नेटवर्थ एक सय ३१ रुपैयाँ नौ पैसा र तरलता अनुपात २२ दशमलव ७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११ दशमलव ५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकले आव २०७५/०७६ मा सेवा विस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन सफल भएको छ । सेवा विस्तारकै क्रममा बैंकले थप २८ वटा एटीएम सञ्चालनमा ल्याउनुका साथै स्मार्ट टेलर, मोबाईल बैकिङ्ग, कामना सेवा रेमिट, भिजा कार्डजस्ता नविनतम् प्रडक्टहरु ग्राहक सामु प्रस्तुत गरेको छ । शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका बावजुद बैंकले आर्थिक वर्ष २०७५/०७६ मा खुद मुनाफा ३२ करोड ५४ लाख रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com