कृष्णनगरमा नेपाल बैंकको काउन्टर विस्तार

काठमाडौं, भदौ १
नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त विस्तारित काउन्टरको प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले एक विशेषः समारोहका बीच समुद्घाटन गरेका हुन । सो अवसरमा प्रमुख अतिथि शाहले नेपाल बैंकको काउन्टर विस्तारबाट स्थानीय जनतालाई सुविधा थपिएकोमा प्रशन्नता व्यक्त गर्दै नेपाल बैंकलाई धन्यवाद ज्ञापन गरे । 
सो अवसरमा विशेष अतिथि नेवैलि प्रदेश नम्बर ५ प्रादेशिक कार्यालय प्रमुख पासांग दोर्जि शेर्पाले नेपाल बैंक लिमिटेडले प्रदान गर्ने समग्र सेवाहरु बारे प्रकाश पार्दै आगामी दिनमा बैंक अरु ग्राहकमुखी बन्ने प्रतिवध्दता प्रकट गरे । 

नेवैलि कृष्णनगर शाखाका प्रवन्धक सुरेन्द्र प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सशस्त्र प्रहरीका नायव उपरिक्षक सुशिल कुमार शाही , ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर प्रताप पौडेल, बैंक कर्मचारी कमलेश वहादुर थारु र सुश्री सरस्वती के.सी.लगायतले बैंक सेवाका विविध पक्षमा प्रकाश पारेका थिए । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com