कसैलाई थाहा छैन युट्युबको आम्दानी

१६ अर्ब डलरदेखि २५ अर्ब डलरसम्म कमाइरहेको अनुमान

अमेरिका, भदौ १
सम्भवतः युट्युबले वार्षिक रुपमा १६ अर्ब डलरदेखि २५ अर्ब डलरसम्म आम्दानी गर्छ । जसले भिडियो सेवा दिने कम्पनीलाई फर्च्युन ५०० मा पर्ने उत्कृष्टमध्ये आधा कम्पनीलाई पछि पार्छ । तर यो केवल अनुमान मात्रै हो । हुन त वालस्ट्रिटका विश्लेषकहरु पनि युट्युबले द ग्याप, जनरल मिल्स वा नेटफ्लिक्सले भन्दा धेरै कमाउने विश्वास गर्छन् । यद्यपि वित्तीय कुराहरु अझैसम्म गोप्य नै छन् । वित्तीय परिणामहरु गुगलसँगै जोडिन्छन् । गुगल आफैँमा ठूलो इन्टरनेट कम्पनी हो । यसले गत वर्ष १ खर्ब ३७ अर्ब डलर आम्दानी गरेको थियो ।

युट्युबको गोप्यता कतिपय लगानीकर्ता र विश्लेषककै लागि पनि चिन्ता पार्ने विषय बन्दै आएको छ । त्यसकारण पनि आगामी बिहीबार गुगलको मातृकम्पनी अल्फाबेटले दोस्रो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दा उनीहरु युट्युबबारे धेरै जान्ने प्रयासमा हुनेछन् । तीन महिनाअघि अल्फाबेटका कार्यकारीहरुले पहिलो तीन महिनाको युट्युबको वित्तीय अवस्थादेखि चिन्ता प्रकट गरेका थिए ।

पछिल्लो समय ठूला प्रविधि कम्पनीहरु नियामक निकायहरुदेखि दबाबमा रहिआएका छन् । अमेरिकी सांसदहरुले त उनीहरुको व्यवसाय कसरी सञ्चालन हुने गर्छ, त्यसको पूर्ण विवरण दिन माग नै गरेका छन् । युट्युबको गोप्यताबारे केही सांसदहरुले उसले कसरी आम्दानी गर्छ भन्ने जानकारी पाएर पनि हुनसक्छ व्यावसायिक गतिविधि खुलाउन जोडदार माग गर्दै आएका छन् ।

गत वर्ष नोभेम्बरमा एप्पले आईफोन बिक्रीबारेको तथ्यांक सार्वजनिक गर्न बन्द गर्ने बतायो । यसअघि एक दशकको तथ्यांक विवरण बुझाउँदै आएको कम्पनीले यस्तो घोषणा गरेको थियो । तर अहिले आईफोनको बिक्री पनि सुस्त भएको छ । एप्पलले भने कम्पनीको सबै व्यवसायबारे जानकारी दिन आफू त्यसको प्रतिनिधि हुन नसक्ने तर्क अघि सारेको छ ।

जुलाईमा फेसबुकले आशातीत भन्दा सुस्त गतिमा फेसबुकको सेवा वृद्धिदर घटेको तथ्यांक यसका प्रमुख कार्यकारी मार्क जुकरबर्गले सार्वजनिक गरेका थिए । जुन निकै सकारात्मक थियो । कम्पनीका सबै एपहरुमध्ये जुन महिनामा कुनै एउटा २ अर्ब ५० करोड मानिसले चलाउने गरेको उसले बताएको थियो । अल्फाबेटले आफ्नो वित्तीय अवस्थाबारे तथ्यांक सार्वजनिक गर्दा युट्युबलाई गुगलकै सर्च, गुगल प्लेएप स्टोर जीमेलसँग जोड्ने गर्छ । विश्लेषकहरुले भने कम्पनीले सबैलाई गुगलकै छातामुनि राख्दा युट्युबको आम्दानी लगायतबारे थाहा पाउन गाह्रो हुने बताउँछन् ।

‘गुगलको सर्चबाट हुने आम्दानी नै ठूलो व्यवसाय हो । युट्युबले आफ्नो आम्दानी, नाफा, भिडियोसँगै आउने विज्ञापनहरु, यसका प्रयोगकर्ताको विवरण जुन लगानीकर्ताले अत्यधिक चासो राख्छन्, कुनै पनि विवरण खुलाउने गरेको छैन’, वेडबस सेक्युरिटीका विश्लेषक माइकल पाच्टर भन्छन् । यसले गर्दा पनि युट्युबको व्यवसाय बुझ्न गाह्रो हुने गरेको उनको भनाइ छ ।

धेरैभन्दा धेरै युट्युबको व्यवसायबारे खुल्ने हो भने यसले फेसबुकसँग विशेषगरी लोकप्रियतालाई लिएर तुलना नगर्ने निश्चित हुनसक्ने उनी बताउँछन् । यसबारे अल्फाबेटका प्रवक्ताले भने प्रतिक्रिया दिएनन् । अप्रिलमा पछिल्लोपटक अल्फाबेटले तीन महिने आम्दानी खुलाउँदा लगानीकर्तालाई कम्पनीको आम्दानी १ अर्ब डलरभन्दा तल रहेको बताउँदा आश्चर्यमा पारेको थियो । यो वाल स्ट्रिटको अनुमानभन्दा कम थियो ।

एक विश्लेषकबाट आएको एउटा प्रश्नको जवाफ दिने क्रममा कम्पनीको पहिलो तीन महिनामा प्रमुख वित्त अधिकृत रथ पोराटले सन् २०१८ मा नियामकीय कडाइका कारण युट्युब एडमा हुने क्लिक घटेको बताएकी थिइन् । यद्यपि उनले युट्युबले कम्पनीको आम्दानीमा महत्वपूर्ण योगदान दिएको बताइन् तर धेरै खुलाउन चाहिनन् । त्यस्तै फोनमा गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले युट्युबबारे बोल्दै नयाँ फिचरहरु र नीतिगत परिवर्तन घोषणा गरिसकिएको बताए । त्यस्तै उनले सुपरबल कमर्सियलको भ्युअरशिप युट्युबमा मात्रै ६० प्रतिशत माथि रहेको खुलाएका थिए ।

अमेरिकामा कम्पनीहरुलाई ‘मटेरियल’ प्रकृतिका सूचनाबारे पर्याप्त स्वतन्त्रता रहेको छ र ती सूचना नियामकलाई बुझाउने वित्तीय अवस्थाको जानकारीमा उल्लेख हुनुपर्ने अवस्था छ । सन् १९७६ मा सर्वोच्च अदालतले टीएससी इन्डष्ट्रिज भर्सेस नर्थवेको मुद्दामा ‘मटेरियल’लाई लगानीकर्ताको लागि महत्वपूर्ण सूचनाको रुपमा परिभाषित गरेको छ । यसमा कम्पनीहरुले आफैँ निर्णय लिनसक्ने अनुमति प्रदान गरिएको छ ।

ठूला प्रविधि कम्पनीहरुको आफ्नो व्यवसाय सञ्चालनबारे भित्री तहसम्मको जानकारी वाल स्ट्रिटलाई भने हुनसक्छ । सन् २०१५ मा अमेजनले आफ्नो हाई मार्जिन अमेजन वेब सर्भिस युनिटको आम्दानी र नाफा खुलाउँदा नाफा कमाउने क्षमतामाथि ध्यानाकर्षित नहुने गरी सार्वजनिक गरेको थियो । त्यस्तै गत वर्ष गुगलले क्लाउड व्यवसायले तीन महिने (क्वाटरली) आम्दानी १ अर्ब डलर नाघेको बताउँदा विश्लेषकहरुलाई चकित पारेको थियो । सो समयमा गुगलको क्लाउड व्यवसाय ए.डब्ल्यू.एस. र माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ प्रतिस्पर्धी अजुरसँग संघर्षरत थियो ।

तर कतिपय विश्लेषक भने युट्युबको व्यवसायबारे धेरै जानकारी पाएको अवस्थामा समेत अल्फाबेटप्रतिको लगानीकर्ताको धारणामा कुनै परिवर्तन नआउने बताउँछन् । लगानीकर्ताहरुले सामान्यतया गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गरेको हुनसक्ने बताउँछन् । यद्यपि युट्युबको नाफालाई लिएर धेरै प्रश्नहरु छरिएका छन् । यसका बाबजुद सामान्य दृष्टिमा भने युट्युब बलियो नाफामै रहेको समेत बताइन्छ ।

अल्फाबेटले फरक फरक क्षेत्रको विज्ञापनको आम्दानीबारे खुलाउन आवश्यक नरहेको बताउने गर्छ । किनकि यसको एउटै उद्देश्य अनलाइन विज्ञापन बिक्री गर्नु नै हो । कसरी प्रयोगकर्ताले पैसा जुटाउँछ र कहाँ विज्ञापन देखा पर्छ भन्ने चासोको विषय नरहेको तर्क अल्फाबेटको छ । सन् २०१८ को जनवरीमा एसईसी (सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन्स) ले यसको रिभ्यु गरेको र कुनै अन्य कारबाही आवश्यक नरहेको बताएको थियो । न्युयोर्क टाइम्सबाट अनुवाद

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com