युरोपबाट बेलायती बहिर्गमनबारे फ्रान्ससँग छलफल

 

लण्डन, भदौ १
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ब्रेजिक्टका बारेमा कुराकानी गर्ने भएका छन् । अर्को हप्ता हुने जि सेभेनको शिखर सम्मेलनका क्रममा उनीहरुका बीचमा कुराकानी हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिएका हुृन् । यही अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा उनीहरुबीच भेटवार्ता हुने सम्भावना रहेको हो । जर्मन चान्सलर एङ्गेला मर्केलका एक जना प्रवक्ताले पनि जोनसनसँग बर्लिनमा चाँडै भेट हुने अपेक्षा गरिएको शुक्रबार बताएका थिए ।

 

‘चान्सलर र नयाँ प्रधानमन्त्री बोरिसबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको छ, तर ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना रहेको छ’, ती प्रवक्ताले भने । बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली सङ्घको भूमिकामा भर पर्ने जोनसोन सरकारले बताउँदै आएको छ । यसमा फ्रान्सको भूमिका महत्वपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जोनसोन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com